१६ औं अनसनको तयारीमा डा. केसी


प्राध्यापक डा गोविन्द केसी बुधबादेखि १६ औँ अनसनमा बस्ने भएका छन् । १५ औँ अनसन तोडिएको ५ महिना बितिसक्दा पनि सरकारसँग भएका सहमति कार्यान्वयन नभएपछि डा केसी अनसनको तयारीमा लागेका हुन् ।

डा. केसीले मङ्सिर १० गते पत्रकार सम्मेलन गर्दै पुस २ गते सम्म सरकारलाई सहमति कार्यान्वयन गर्न अल्टिमेटम दिएका थिए । त्यसपछि संसदको शिक्षा तथा स्वास्थ्य समितिकी सभापति जयपुरी घर्तीले माग सम्बोधन गर्ने प्रतिवद्धता जनाउँदै थप समय मागेपछि केसी पक्षले पुस १७ गतेसम्मको समय दिएको थियो ।

‘सहमति कार्यन्वयनका लागि सरकारलाई दोस्रो पटक पुस १७ गतेको समयसीमा दिइएको थियो तर माग सम्बोधन गर्नेतर्फ सरकार नलागेकाले भोलिदेखि डा। केसीले अनसन सुरु गर्ने तयारी थालेको बताइएको छ ।

विसं २०६९ असारबाट अनसन सुरु गरेका डाक्टर केसीले १५ औँ अनसन जुम्लामा असार १६ गतेबाट सुरु गरेका थिए ।

२७ दिन लामो अनसन बस्दा डाक्टर केसीको स्वास्थ्यमा समस्या देखिन थालेपछि माग पुरा गर्ने सम्झौतासहित सरकारले साउन १० गते अनसन तोडाएको थियो ।


Related posts

Leave a Comment