डा. केसीको स्वास्थ्यमा समस्या, उपचार गर्न मानेनन्


सरकारसँगको सम्झौता कार्यान्वायन नगरेको भन्दै इलाममा १६ औं सत्याग्रह सुरु गरेका डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या देखिएको छ। उनलाई बिहीबार रातिदेखि छाती दुख्ने र पसिना आउने समस्या देखिएको हो।

राति समस्या देखिएपछि इलाम अस्पतालका चिकित्सकको टोलीले उनको स्वास्थ परीक्षण गरेका थिए। राति डा. केसीको प्रेसर घटेको थियो।  रगत परीक्षण गर्न चिकित्सकको टोलीले अनुरोध गरेपनि अस्वीकार गरेको उनका समर्थक धर्म गौतमले जानकारी दिए।

शुक्रबार दिउँसो केसीले रगत परीक्षण गर्न अनुमति दिएपनि बिहान रगतको नमूना लगिएको थियो। डा. रामकृष्ण आचार्यले डा. केसीको ब्ल्डप्रेसर निक्‍कै कम र ग्लोकुजको मात्रा पनि कम भएको जानकारी दिए। दिउँसो डा. केसीले कसैलाई प्रतिक्रिया दिएनन्। दिनभर रातमा जस्तो समस्या नदेखिएको अर्का समर्थक देवराज भारद्धाजले जानकारी दिए। उनले भने ‘अहिले खासै समस्या देखिएको छैन।’

डा. केसीले सरकार इमान्दार नभएकाले १६औं सत्याग्रह बस्नु परेको बताएका छन्। उनले माथेमा कार्यदलको प्रतिवेदन कार्यान्वायन गर्ने सहमति भएपनि यसमा निश्चित नीजि मेडिकल कलेजमा नेताको लगानी रहेकाले उनीहरुको पक्षमा काम गरेको बताए।

उनले तीन करोड नेपालीसँग सरकारले वेइमानी गरेको गुनासो गरेका छन्। चिकित्सा शिक्षा विधेयकमा माफियामूखी बुँदा राखेको उनको आरोप छ। उनले सम्झौतालाई तोडमोड गरेर माफियाको पक्षमा ल्याउन लागेको भन्दै चिन्ता व्यक्त गरेका छन्।


Related posts

Leave a Comment