बालाजु प्रहरीको शङ्कास्पद गतिविधि, अपराधी भगाउने र पीडित धम्काउने गरेको खुलासा(भिडियोसहित)


बालाजु प्रहरीका डिएसपी चिरञ्जीवी कोइरालाले अपराधीसँग मिलेर पीडितलाई धम्काउने गरेको खुलासा भएको छ । विभिन्न घटनाका पीडितले प्रहरीमा जाहेरी दिन जाँदा उनीहरूलाई नै धम्काउने र दोषीलाई उम्काउने घटनामा डिएसपी को संलग्नता भेटिएपछि यस्तो रहस्य खुलेको हो ।

एक महिना अघि बालाजु शेषमतीमा रहेको आफ्नो डेरामा चोरी भएको भन्दै प्रहरीमा जाहेरी लिएर पुगेका नुवाकोटका सुमिर तामाङलाई प्रहरी कार्यालयभित्रै कुट पिट भएको थियो । तामाङमाले चोरीमा संलग्न भएको आरोपमा समातेर प्रहरीमा बुझाएका दुई व्यक्तिलाई अनुसन्धान गर्नुको साटो पीडितलाई नै धम्काएर फिर्ता पठाएका थिए । घटनामा संलग्नहरू बालाजु प्रहरी कार्यालयमै कार्यरत प्रहरी अधिकृतका आफन्त भएकाले उनीहरूलाई जोगाउन डिएसपी कोइरालासहित इन्स्पेक्टर जीवन निरौलाले पीडितलाई धम्काएर घटनाको ढाकछोप गर्न लगाएको पीडित तामाङको आरोप छ ।

चोरीका प्रत्यक्षदर्शी घरधनी समेत प्रहरीमा पुगेर चोरलाई प्रहरीको जिम्मा लगाउँदा त्यहाँ कार्यरत प्रहरीले उनीहरू निर्दोष रहेको भन्दै प्रत्यक्षदर्शीलाई समेत अप्ठ्यारोमा पार्ने भन्दै धम्काएर फिर्ता पठाएका थिए । चोरीमा आफ्ना आफन्तकै संलग्नता भेटिएपछि प्रहरीले पीडितले दिएको किटानी जाहेरी र प्रत्यक्षदर्शीको बेवास्ता गदै दोषी भगाएपछि पीडित एकमहिनादेखी दैनिक प्रहरी कार्यालयसँग अन्य नियमक निकायमा धाउने गरेका छन् ।

दैनिक ज्याला मजदुरी गरेर गुजारा चलाउने तामाङ परिवार दैनिक प्रहरी कार्यालय धाउँदासमेत न्याय दिने प्रहरी नै अपराधीसँग मिलेर आफूलाई हप्कीदप्की गरेर फर्काउँदा निराश बनेर फर्कर्ने गरेका छन् । त्यसो त केही दिन अघि मात्रै सडकमा हिँडिरहेका एक सर्वसाधारणलाई डिएसपी कै आफन्त पर्ने मादक पदार्थ सेवन गरेको समूहले कुट पिट गरेको घटनामा समेत बालाजु प्रहरीका डिएसपी कोइराला, र इन्स्पेक्टर जीवन निरौलाले यस्तो विषयमा जाहेरी लिन नमिल्ने आफुआफुबीच मिल्नुपर्ने दबाब दिएर फर्काएका थिए ।

 

 

यस विषयमा टिभी अन्नपूर्णको एक्सक्लुसिभ कार्यक्रम कहाँ छ सरकार ? मा विस्तृतमा हेर्नसक्नु हुनेछ । टिभी अन्नपूर्णबाट प्रकाशित समाचार तथा एक्सक्लुसिभ भिडियो हेर्न हाम्रो  youtube channel subscribe गर्नुहोला ।


Related posts

Leave a Comment