एक रुपैयाँमै एक किलो प्याज, बिक्रिबाट उठेको रकम प्रधानमन्त्रीलाई


भारतको महाराष्ट्रका किसानले एक रुपैयाँमै एक किलो प्याज बेचेका छन् । आफुहरुले उत्पादन गरेको प्याज प्रति केजी १ भारतीय रुपैयाँ भन्दा थोरै बढीमा बिक्री गरेका छन् । यसको बिरोध स्वरुप किसानले ७५० केजी प्याज बिक्री गरेर यसबाट उठेको १ हजार ६४ रुपैयाँ प्रधानमन्त्री नरेन्द्र मोदीलाई पठाएका छन् । एक किसानले भने,मैले यो सिजनमा ७५० किलो प्याज उत्पादन गरेको छु । तर गत साता निफड थोक बजारमा मलाई प्याजको मूल्य प्रति केजी १ रुपैयाँ प्राप्त भएको थियो । तर मैले कुनै तरिकाबाट मोलभाउ गरेर प्रति केजी १.४० रुपैयाँको सम्झौता गरे र ७५० केजी प्याजको सट्टा मैले १ हजार ६४ रुपैयाँ प्राप्त गरे । यसैले बिरोध स्वरुप १ हजार ६४ रुपैयाँ प्रधानमन्त्रीको राहत कोषमा दान गरे ।


Related posts

Leave a Comment