नेपाल विद्युत् प्राधिकरण वितरणमा आमूल सुधार, तर व्यवस्थापन उस्तै (भिडियोसहित)


राजकुमार बिष्ट ।

विद्युत् प्राधिकरणले चामत्कारिक परिवर्तन गर्‍यो । लामो समय देखि लोडसेडिङले आक्रान्त नेपाल एकाएक उज्यालो बन्यो । यसले प्राधिकरणको नयाँ नेतृत्वसँगै सरकारको समेत वाहीवाही भयो । वितरणमा यत्रो छलाङ मारेको नेपाल विद्युत् प्राधिकरण मातहतका कार्यालको व्यवस्थापनमा भने अझै सुधार हुन सकेको छैन । जिम्मेवार कर्मचारीको सरकारी काम कहिले जाला घाम भन्ने पुरानै मानसिकताका कारण अहिले पनि सेवाग्राही सन्तुष्ट छैनन् । वितरण कार्यालयमा नेतृत्व कौशलको अभाव, अनुत्तरदायी कर्मचारी र सेवाग्राहीको बढ्दो चापले प्राधिकरणका प्रमुख कुलमान घिसिङले प्राप्त गरेको उच्च साखलाई समेत धक्का दिदैंछ ।

कर्मचारीकै कारण बन्द टोकन प्रणाली
नेपाल विद्युत् प्राधिकरणको महाराजगन्ज वितरण केन्द्रमा मोटो रकम खर्चेर थालिएको टोकन प्रणाली बन्द गरिएको छ ।
सहज रुपमा सेवा दिन र लाइनमा बस्नु पर्ने बाध्यता कम गर्न थालिएको टोकन प्रणाली बन्द छ । अहिले वितरण केन्द्रका प्रमुखलाई तपाईँ टोकन प्रणाली किन बन्द भयो भनेर सोध्नुभयो भने उनको ओठे जवाफ छ प्राविधिक समस्या । तर यसको रहस्य भने भिन्दै छ । केन्द्रकै प्रशासन हेर्ने एक कर्मचारीले भने नाम नभन्ने सर्तमा यसको रहस्य खोले । काउण्टरमा कार्यरत बदमास कर्मचारीका कारण मोटो आर्थिक लगानीमा सुरु गरेको टोकन प्रणाली बन्द गर्नुपरेको हो । टोकन लिएपछि सेवाग्राही कति बेला नम्बर आउँछ भनेर पालो कुर्ने तर कर्मचारी टोकन थिच्नुको साटो कम्युटरमा तास खेलेर बस्न थालेपछि यसलाई बन्द गर्नुपरेको हो । टोकन प्रणालीले कामचोर कर्मचारीलाई झन् सहज बनाएको भन्दै उनले भने बरु टोकन नहुँदा त सेवाग्राहीले लाइनबाटै उनिहरुको काम गर्न दबाब दिन्छन् । कार्यालय प्रमुख शशीभुषण शाह भने हामीलाई झुक्काउन खोज्दै थिए । प्रशासन हेर्ने कर्मचारीले काउण्टरका ठग कर्मचारीका कारण टोकन प्रणाली तत्काल स्थगित गरेको भने पनि शाह भने प्राविधिक समस्या भएको जिकिर गदै थिए । तर आफ्ना कर्मचारी निक्कै कामचोर भएको भने स्विकारे । उनले भने कर्मचारीमा सरकारी जागिर भएपछि कसैले हल्लाउन सक्दैन भन्ने मानसिकता हाबी भएकाले आफूले चाहेअनुसार काम गर्न नसकेको निरिहता प्रकट गरे ।


Related posts

Leave a Comment