इंग्लिस प्रिमियरसिप लिगमा आर्सनलको टोटनह्यामाथि रोमाञ्चक जित


इंग्लिस प्रिमियरसिप लिगमा आर्सनलले आइतबार टोटनह्यामाथि ४–२ को इंग्लिस प्रिमियरसिप लिगमा आर्सनलको टोटनह्यामाथि रोमाञ्चक  जित निकालेको छ । जितसँगै आर्सनल लिगको चौथो स्थानमा उक्लेको छ । आर्सनलले १४ खेलबाट ३० अंक जोडेको छ । इमेरिक अउबामेयागले १०औँ मिनेटमा पेनाल्टी गोल गर्दै आर्सनललाई १–० को अग्रता दिलाए ।टोटनह्यामले आर्सनललाई खेलको ३०औँ मिनेटमा १–१ को बराबरीमा रोक्यो । एरिक डिएरको गोलसँगै टोटह्याम बराबरीमा आएको हो । खेलको ३४औँ मिनेटमा ह्यारी केनले पेनाल्टी गोल गर्दा टोटनह्याम २–१ ले अगाडि बढ्यो ।दोस्रो हाफमा एलेजान्द्रे जाकाजेट र आरोन राम्सीले व्यक्तिगत गोल गर्दा आर्सनल ४–२ ले विजयी भयो । खेलको ५६औँ मिनेटमा अउबामेयागले २–२ का लागि गोल फर्काए । खेलको ७४औँ मिनेटमा लाकाजेटले ३–२ का लागि गोल गरे । खेलको ७७औँ मिनेटमा टोरेरियाले गोल गर्दा आर्सनल ४–२ ले विजयी भयो ।


Related posts

Leave a Comment