एपिक म्युजिक अवार्डको नोमिनेसनको प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न


एपिक म्युजिक अवार्डको नोमिनेसनको प्रमाणपत्र वितरण गरिएको छ । ‘नेपाली कला र स्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मुल नाराको साथ हुन लागेको एपिक नेपाल म्युजिक अवार्ड २०७५ का उत्कृष्ट पाँचमा परेकालाई हिजो राजधानीमा एक कार्यक्रमका बीच प्रमाणपत्र तथा मेडल प्रदान गरिएको छ ।

कार्यक्रममा नेपाली कांग्रेसका युवा नेता गगन थापाको समेत सहभागीता रहेको थियो । उद्घाटन कार्यक्रम एपिक नेपालका अध्यक्ष अमन श्रेष्ठको आतिथ्यतामा सम्पन्न भएको थियो भने स्वागत मन्तव्य एपिक नेपालका सदस्य गोकर्ण लामिछानेले राखेका थिए ।

कार्यक्रमलाई रौनकता दिनको लागी नेपालमा पहिलो पटक नोमिनेसन कार्यक्रममा रेड कार्पेट विछाइएको थियो । कार्यक्रममा वरिष्ठ नेपाली चलचित्र क्षेत्रका पुराना निर्माता भुवन श्रेष्ठ , वरिष्ठ निर्देशक मोहन निरौला , वरिष्ठ पत्रकार विजय रत्न तुलाधर, चलचित्र निर्माता विधान शाह , महिला उद्यमी उमा श्रेष्ठ, चलचित्र पत्रकार संघ नेपालकी अध्यक्ष गीता अधिकारी , पत्रकार सुमन बैरागी , पत्रकार किरण अधिकारी , महिला भिडियो निर्देशक बविता श्रेष्ठ लगायत अतिथी रहेका थिए ।
अवार्ड आगामी माघ ५ गते काठमाडौंको विशेष समारोहमा हुने अवार्ड आयोजक समितिका अध्यक्ष अमन श्रेष्ठले जानकारी दिए । अवार्डमा ७० प्रतिशत भोटिङ र ३० प्रतिशत जुरीको मतका आधारमा विजेता छनोट गरिने छ । मौलिक गीतहरुलाई भने विना प्रतिस्पर्धा जुरीको निर्णयको आधारमा केही विधामा अवार्ड प्रदान गर्ने आयोजक संस्थाले जनाएको छ ।
एपिक नेपाल म्युजिक प्रा. लि. को आयोजनामा हुन लागेको यस अवार्डमा राष्ट्रिय गीत ,दशैँ गीत आधुनिक, पप र विधामा देशभरका कलाकर्मीहरुले सहभागी जनाएका छन् । कार्यक्रमलाई सफल बनाउनको लागी एपिक नेपालका अध्यक्ष अमन श्रेष्ठ , कार्यक्रम निर्देशक राजेन्द्र पुरी , सदस्य ओम श्रेष्ठ , कार्यालय प्रमुख चिरन्जीवी ढकाल , सदस्य सरोज गिरी , सचिव गोकर्ण लामीछाने, मिडिया कोर्डिनेटर रोशन पोखरेल, सदस्य पुस्कर अर्याल लगायतको उल्लेखनीय भुमिका रहेको थियो । प्रमाण पत्र वितरण कार्यक्रममा विभिन्न सञ्चार माध्यममा आवद्ध पत्रकार , संगीतप्रेमी तथा चर्चित कलाकारहरुको बाक्लो उपस्थिती रहेको थियो ।


Related posts

Leave a Comment