फेसबूकले हटायो डेढ अर्ब फेक अकाउन्ट


फर्जी खाता (फेक अकाउन्ट) सामाजिक सञ्जालहरूका लागि ठूलै समस्याका रूपमा रहेका छन् । फेसबूक आफैंले एक आन्तरिक प्रतिवेदनमा लगभग डेढ अर्ब फर्जी खाता फेला पारेको बताएको छ ।  जति गर्दा पनि लाखौंको संख्यामा नयाँ फेक अकाउन्ट बनिरहेका छन् । कम्पनीका अनुसार, भारतको चुनावी वर्ष अर्थात् २०१९ मा यो समस्या अझै चुनौतीपूर्ण हुने अनुमान छ । त्यसैले सरकारले सामाजिक सञ्जालमा दबाब बढाएको छ ।

रिपोर्टअनुसार, संसारभरि फेक अकाउन्टका नेटवर्कले काम गरिरहेका छन् । प्रमुख देशहरूको चुनावका बेलामा यस्ता प्रोफाइल लाखौंको संख्यामा तयार गरिँदैछ । रुस, ब्राजिल र म्यान्मारपछि अब भारत निशानामा परेको छ । फेसबूकको अनुमानअनुसार सामाजिक सञ्जालमा चाइल्ड पोर्न र अन्य नग्नमध्ये ९६ प्रतिशत कन्टेन्ट हटाउन  सफल रहेको छ । फेसबूकले ९९ प्रतिशत आतंकवादी कन्टेन्ट पहिचान गरेर हटाएको छ । तर चुनावमा ठूलो हतियारका रूपमा प्रयोग हुने हेट स्पीचको विषयमा फेसबूक टीम सफल हुन सकेको छैन । यस्ता ५२ प्रतिशत केस मात्र पहिचान भएको छ ।यस्ता किसिमका कन्टेन्ट बुझ्ने भाषा विशेषज्ञहरूलाई फेसबूकले भर्ना लिएको छ ।

सामाजिक सञ्जालमा १८ किसिमका आपत्तिजनक कन्टेन्ट फेसबूकले पहिचान गरेको छ । त्यसलाई हटाउनका लागि व्यापक रणनीति तयार गरिँदैछ । हिंसालाई सही मान्ने, अरूलाई कष्ट पुग्दा रमाइलो मान्ने, कसैलाई अपमान गर्ने,नग्नतालाई प्रोत्साहन गर्ने, चाइल्ड पोर्न, गुप्तांग देखाउने, डढेको शरीर देखाउने लगायतका कन्टेन्ट हटाइनेछ ।


Related posts

Leave a Comment