कार्यालयको पौने २ करोड हिनामिना गरेर मालपोतका लेखा अधिकृत फरार


जिल्ला मालपोत कार्यालय चितवनका लेखा अधिकृत रिठ्ठे दर्जी एक करोड ७१ लाख रकम हिनामिना गरेर फरार भएका छन् । दर्जी मंसिर २५ गतेदेखि नै सम्पर्कविहीन भएका हुन् ।

आन्तरिक लेखा परीक्षणका क्रममा रकम बेरूजु देखिएपछि लेखा अधिकृत दर्जी फरार भएका हुन् । गत आर्थिक बर्षको लेखा परीक्षण गर्दा उनको नाममा बेरुजु देखिएको थियो । दर्जीले जग्गा रजिष्ट्रेशनको रकम बैंकमा दाखिला नगरी आफैंले प्रयोग गरेका थिए ।

मालपोत कार्यालय भरतपुरमा दैनिक २ करोड ५० लाख रकम राजश्व स्वरुप उठ्ने गर्दछ ।मंसिर ६ गते आलेपले रकम दाखिलाको पत्र पठाएपछि सोही दिन मालपोत कार्यालयले दर्जीको नाममा एक हप्ताभित्र रकम दाखिला गर्न पत्र काटेको थियो । पाँच पटकसम्म पत्र काटेर पनि दर्जीले टेरेनन् ।


Related posts

Leave a Comment