फ्रान्समा पेट्रोलियम पदार्थको मूल्यबृद्धि विरुद्ध गरिएको प्रदर्शन हिंसात्मक बन्दै


पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा फ्रान्समा चर्किंदै गएको प्रदर्शन हिंसात्मक बन्न थालेको छ ।पेरिसमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा १७ जना सुरक्षाकर्मीसहित कम्तिमा १ सय १० जना घाइते भएका छन् । प्रहरीले २ सय ७० जना प्रदर्शनकारीलाई पक्राउ गरेको छ ।प्रदर्शनकारीले सार्वजनिक सम्पत्तिमा आगजनी र तोडफोड गर्न थालेपछि प्रहरीले अश्रुग्यास र पानीको फोहोरासमेत प्रयोग गरेको छ ।फ्रान्समा डिजेलको मूल्य पछिल्ला १२ महिनामा २३ प्रतिशतले वृद्धि भएको छ ।अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा उतारचढाव भइरहँदा पनि फ्रान्समा भने लगातार मूल्य वृद्धि भइरहेको हो ।राष्ट्रपति इमान्यूयल म्याक्रोनले हाइड्रोकार्बनमा कर बढाएपछि पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको हो ।राष्ट्रपति म्याक्रोनले भने पेरिसमा भएको प्रदर्शन अनुचित भएको बताएका छन् ।मूल्यवृद्धिको विरोधमा यस अघि गत नोभेम्बर १७ मा देशभर प्रदर्शन भएको थियो । त्यसबेला करिब ३ लाख मानिस सडकमा उत्रिएको बताइएको छ ।प्रदर्शन चर्किंदै गएपछि सामाजिक सञ्जालहरुमा राष्ट्रपति म्याक्रोनको आर्थिक नीतिको आलोचना बढ्दै जाँदा प्रदर्शन पनि तिव्र बन्दै गएको छ ।


Related posts

Leave a Comment