फ्रान्समा प्रदर्शनले उग्ररुप लिएपछि संकटकाल घोषणाको तयारी


१७ मंसिर, काठमाडौं । फ्रान्समा सरकार विरोधी प्रदर्शन चर्किएपछि राष्ट्रपति इम्यानुअल म्याक्रोले आकस्मिक सुरक्षा बैठक आह्वान गरेका छन् । प्रदर्शन हिंसात्मक बन्दै गएपछि सरकार संकटकाल घोषणाको तयारीमा छ ।फ्रान्स सरकारका प्रवक्ता बेन्जामिन ग्रिवेअक्सले युरोप वन रेडियोसँग कुराकानी गर्दै शान्ति व्यवस्था कायम राख्न संकटकाल घोषणा गर्न सकिने बताएका छन् । उनले भनेका छन्, ‘सरकार फेरि यस्ता घटना नदोहोरियोस् भन्ने चाहान्छ, त्यसैले संकटकाल एक विकल्प हो ।’इन्धनको मूल्यवृद्धिको विरोधमा फ्रान्सका हजारौं जनता सरकारविरुद्ध सडकमा उत्रिएका छन् । विरोध प्रदर्शन हिंसात्मक बन्दै गएको छ ।प्रदर्शनमा सहभागीहरुले प्रहरीमाथि नै आक्रमण गरेको, सवारी साधन, भौतिक संरचनामा आगजनी तथा तोडफोड गरेका भिडियो टेलिभिजन च्यानलहरुले देखाइरहेका छन् । स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीहरुले पनि बल प्रयोग गर्दै आएका छन् ।शनिबारको प्रदर्शनमा एक सय भन्दा बढी घाइते भएका छन् । घाइते हुनेहरुमा २३ जना सुरक्षाकर्मीसमेत रहेको बीबीसीले जनाएको छ । प्रहरीका अनुसार ४०० भन्दा बढीलाई नियन्त्रणमा लिइएको छ ।प्रदर्शनकारीले फ्रान्सको प्रसिद्ध स्मारक अख द ट्रियोम्फमा क्षति पुर्‍याएका छन् । अर्जेन्टिनामा आयोजित जी २० सम्मेलनमा भाग लिएर आइतबार स्वदेश फर्किएलगत्तै राष्ट्रपति म्याक्रोले अख द ट्रियोम्फको अवलोकन गरेका थिए ।


Related posts

Leave a Comment