फ्राइडे रिलिज : चलचित्र गुनगुन, दैलो र अनुग्रह एकसाथ मैदानमा


फ्राइडे रिलिजअन्तर्गत शुक्रबारबाट एकसाथ तीनवटा नेपाली चलचित्र मैदानमा आएका छन्। देशव्यापी रिलिज हुने चलचित्रमा पुकार भट्टराई निर्देशित ‘गुनगुन’, सुरेश उप्रेती निर्देशित ‘दैलो’ र कुमार केसी निर्देशित ‘अनुग्रह’ रहेका छन्।

पूर्वको झापा निवासी तीनैजना निर्देशकका चलचित्र एकसाथ भिड्न लागेका हुन्। तीन वटै फिल्म सिंगल थिएटरमा मात्र प्रदर्शन हुदैँछन्। यी फिल्मले मल्टिप्लेक्समा शो पाएका छैनन् ।

प्रार्थना फिलिम्सको प्रस्तुति ‘गुनगुन’मा सुवास मेचे, सञ्चिता लुइँटेल, पुकार भट्टराई, रवीन्द्रप्रताप सेन, नवीन श्रेष्ठ, गणेश जीसी, देशभक्त खनाल, अनु भण्डारी, सुमेश श्रेष्ठ, राधा दाहाल, भीम मैनाली, बालदीप राई, विपिन प्रसाईं लगायतका कलाकारको अभिनय छ। चलचित्रमा हिमाल केसीको द्वन्द्व, सौरभ लामाको छायांकन र अर्जुन जीसीको सम्पादन छ। फिल्म गुनगुनले पारिवरिक प्रेमकथालाई प्रस्तुत गर्नेछ।

पूर्वका विभिन्न स्थानमा छायांकन गरिएको चलचित्र ‘दैलो’ पनि गुनगुनसँगै मैदानमा छ। गीतसंगीत र ट्रेलरका कारण फिल्मप्रति चासो छ। फिल्ममा सन्तानप्रति अभिभावकको जिम्मेवारी, दाइजो, लैंगिक विभेद, सन्तानको आमाबुवाप्रति गैरजिम्मेवारीपन प्रस्तुत गरिएको छ। फिल्मले समाजभित्रका यथार्थ घटना बोल्ने निर्देशक तथा निर्माता सुरेश उप्रेती बताउँछन्।

फिल्ममा यशोदा उप्रेती र अर्जुन उप्रेतीको पनि लगानी रहेको छ। निर्देशक उप्रेतीकै कथा समावेश फिल्ममा सुरेशसँगै दुर्गा साउत, विकाश चौलागाइँ, दीपक डोटेल, मुना प्रसाइँ, दिक्षा आचार्य, सुयोग उप्रेती, अनु ढुङ्गाना लगायतको मुख्य भूमिका रहेको छ ।

पारिवारिक कथालाई प्रस्तुत गरेको फिल्म ‘अनुग्रह’लाई कुमार केसीले निर्देशन गरेका हुन्। सन्तोष खवासले निर्माण गरेको फिल्ममा सुभाष मेचे, रोहण सेन्चुरी, अर्ती गुप्ता, सञ्जय न्यौपाने, राज गिरी, क्रिस्टिना रार्इ, दीपशिखा सिलवालको अभिनय रहेको छ। फिल्मलाई तारा थापा किम्भेले सम्पादन गरेका हुन्।


Related posts

Leave a Comment