एक किलो गाँजा सहित एक युवक पक्राउ


अभिमन्यु लामीछाने, उदयपुर ।

उदयपुरबाट प्रहरीले एक किलो गाँजा सहित एक युवकलाई पक्राउ गरेको छ । चौडण्डीगढी नगरपालिका — ५ सुन्दर बजारबाट प्रहरीले १ किलो काँचो गाँजा सहित सप्तरीको सप्तकोशी नगरपालिका १ फत्तेपुर बस्ने वर्ष २४ का गोविन्द परियारलाई आज साँझ साढे ५ बजे पक्राउ गरेको ईलाका प्रहरी कार्यलय बेल्टार प्रहरी निरिक्षक गंगा पौडेलले बताए । विशेष सुराकीको आधारमा खटिएको प्रहरी टोलीले परियारलाई सुन्दर बजारबाट पक्राउ गरेको प्रहरी निरिक्षक गंगा पौडेलले वताए । पक्राउ परेका परियालाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरी निरीक्षक पौडेलले बताएका छन् ।

भरूवा बन्दूक सहित एकजना पक्राउ
उदयपुरमा एक व्यक्ति अवैध हतियार सहित पक्राउ परेका छन् । बेलका नगरपालिका ८ मा बस्दै आएका सुनसरी बराहा नगरपालिका ८ किराँत चोकका ३७ वर्षीय राजु राईलाई भरुवा बन्दुक एक थान सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो । बारीको खरको थुप्रोमा लुकाई राखेको अवस्थामा उक्त भरुवा बन्दुक फेला परेको प्रहरीले बताएको छ । राई लुकिछिपी बस्दै आएका थिए । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भैरहेको बताएको छ ।


Related posts

Leave a Comment