गाउँमा प्रहरी पुगेपछि डरले थुरथुर भएका स्थानीयले सोधेः ‘तमी को हौँ ? काँ जादाँ भया ?


गाउँमा पहिलो पटक प्रहरी पुगेपछि स्थानीयहरु घर भित्रै लुकेका छन् । बाजुराको गौमुल गाउँपालिका–१ अन्द्राडीका बासीन्दा पहिलो पटक प्रहरी पुग्दा डराएर घरभित्रै लुकेका हुन् । केही महिना बसेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक हंशराज जोशी नेतृत्वको टोली उक्त गायँमा पुगेको थियो ।
टोलीलाई मदिरा व्यवस्थापनपछिको अवस्था बुझ्नका लागि गाउँपालिकाले सुक्ष्म अनुगमनमा अन्द्राडी पठाएको थियो ।
प्रहरीलाई देखेपछि कोही पनि घरबाट निस्केनन् भने घर बाहिर रहेकासमेत डरले थरथर काम्न थाले । प्रहरीलाई देखिसकेका त्यहाँका केही युवाले यी त प्रहरी हुन् भनेर कानेखुसी गरे पनि कहिल्यै प्रहरी नदेखेका त्यहाँका वृद्धवृद्धा र बालबालिका भने डराएर प्रहरीसँग बोल्न नै सकेनन् । साठी वर्षीय फुगे रोकायाले भने, ‘तमी को हौँ ? काँ जादाँ भया ? त्यस्तै अर्का युवा वर्षीय सौरे बोहराले भने, ‘प्रहरी हामीभन्दा फरक हुँदा हुन् भनी सोचेको थिएँ, हामी जस्तै हुँदारैछन् ।’

लगायतका प्रश्न गरेका र जवाफमा प्रहरी हबल्दार मनीराज भण्डारीले हामी पनि तपाईंजस्तै मान्छे प्रहरी हौँ । हामी तपाईहरुको गाउँ अनुगमन गर्न र तपाईहरूकै सुरक्षाका लागि भनेर आएका हौँ ।’ ‘हामीले प्रहरी देखेकै छैनौँ, त्यसैले हामीले त डरले बोल्नसमेत सकेनौँ, यो गाउँमा कोही पनि आउँदैन थिए,’ । सानो तथा दुर्गम क्षेत्रमा रहेको सो गाउँमा त्यस अघि प्रहरी नगएले स्थानीय अच्चम्म मानेको प्रहरी अधिकारीहरुले बताएका छन ।

तर, पछि झुम्मिए

प्रहरीको टोली गाउँमा पुगेपछि लुकेका स्थानीयवासी केही समयपछि सबै प्रहरी भएको ठाउँ वरिपरि जम्मा भएर झुम्मिए ।

प्रहरी हवल्दार भण्डारीले भने, ‘पछ त उनीहरु खुलेर बाेले । हामीलाई सबै कुरा भने । अब तपार्इंहरु निरन्तर हाम्रो गाउँ आउनुहोला भनेर स्थानीयवासीले स्वागतसमेत गरे ।’

‘न नेता आउथे न सरकारी मान्छे’

जिल्लाको सानो गाउँ हो अन्द्राडी । त्यहाँ स्थानीय सरकार गठन भएपछि मात्र गैरसकारी कार्यालयका कर्मचारी र जनप्रतिनिधि जान थालेको स्थानीयवासी धनबहादुर रोकायाले बताए ।

हामी गौमुल गाउँपालिकाकाकै विकट वडाका रुपमा छौँ । पहिले न नेता आउथे न सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारी नै, जब देश सङ्घीयतामा गयो तब आफ्नो गाउँ अन्द्राडीमा जनप्रतिनिधि, सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारी अनि प्रहरी आएकोे उनले बताए।

राेकायाकाे गुनासाे थियाे- ‘अन्द्राडीे निकै विकट र पिछडिएको वडाका रुपमा रहेको छ । यहाँ न टेलिफोन लाग्छ, न त रेडियो नै बज्छ, हामी सूचनाबाट समेत बाहिर छौँ ।’ फाइल फोटो


Related posts

Leave a Comment