गलकोट बजार छिरेको घोरल जंगलमा छाडियो (भिडियोसहित)


आइतबार बाग्लुङको गल्कोट नगरपालिका ३ हटिया बजारमा भेटिएको राते मृगलाई स्थानीयले जंगलमा लगेर छाडिदिएका छन ।

एकाबिहानै बजारमा भेटिएको उक्त घोरललाई स्थानीय भाषामा रातेमृग भनिन्छ । जंगलबाट बजार पसेको मृगलाई स्थानीयले समातेर राखेका थिए । उक्त घोरललाई प्रहरी, जनप्रतिनिधि, पत्रकार, सब डिभिजन वन कार्यालय गल्कोट र स्थानियको राय अनुसार जंगलमा छाडने निणर्य भएको हो ।

अहिले घोरल काभ्रेचौर सामुदायीक बनमा छाडिएको छ । ढोरपाटन शिकार आरक्षमा प्रशस्त पाईने घोरल शिकारका लागी विदेशी पर्यटक १५ लाख खर्चेर जाने गरेका छन ।

 


Related posts

Leave a Comment