बेथानचोकमा ग्लोबल आइएमई बैंकको नयाँ शाखा


ग्लोबल आइएमई बैंक लिमिटेडले काभ्रेको बेथानचोकमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । शाखाको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले उद्घाटन गरेका छन्। मन्त्री बाँस्कोटाले बेथानचोकलगायत देशका अन्य गाउँपालिकामा ग्लोबल आइएमई बैंकले विस्तार गरेको सेवा सञ्जालले देशको समग्र आर्थिक वृद्धिमा उल्लेखनीय टेवा पुगेको बताए ।
उक्त कार्यक्रममा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाललगायत स्थानीय जनप्रतिनिधि, बुद्घिजीवी तथा स्थानीयवासीको उल्लेख्य उपस्थिति थियो । बैंकले देशभरमा १ सय ३३ शाखा, १ सय ४१ एटिएम, ६ एक्सटेन्सन काउन्टर, १५ राजस्व संकलन काउन्टर र १ सय १० शाखारहित बैंकिङ सेवा, विदेशमा ३ प्रतिनिधि–सम्पर्क कार्यालयमार्फत आफ्ना ९ लाखभन्दा बढी ग्राहकलाई सेवा दिइरहेको जनाएको छ ।


Related posts

Leave a Comment