गोली लागि घाईते भएका हुसेनको उपचारको क्रममा मृत्यु


सुनसरीको दुहबीमा गोली लागि घाईते भएका इटा उघोगमा कार्यरत म्यानेजर ५४ बर्षिय फिदाहुसेनको उपचारको क्रममा मृत्यु भएको छ ।दुहबी  छाताबेलीमा रहेको जय बाबा इटा उघोग अगाडी मर्निङ वाकमा रहेका उघोगका म्यानेजर ५४ बर्षिय फिदा हुसेनमाथि गोली प्रहार भएको थियो । अवस्था गम्भीर रहेको उनलाई उपचारको लागी नोबेल अस्पताल बिराटनगरमा लगिएको थियो। उनलाई आज बिहान ६ ३० को समयमा अज्ञात समुहले गोली प्रहार गरेको हो ।गोली प्रहार गर्ने समुहको खोजी कार्य शुरु गरिएको इलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ ।घटनास्थलबाट तीन गोलीको खोका बरामद गरिएको छ ।
अहिले हुसेनका समर्थकले दुहबी बजार क्षेत्रमा नाराबाजी गर्दै कोशी राजमार्ग तथा दुहबीबजार ठप्प पारेका छन् । घटनाबारे अनुसन्धान भइरहेको सुनसरीका प्रहरी उपरीक्षक राजन अधिकारीले बताउनुभयो । मृतक हुसेन दुहबी नगरपालिका–९ का वडाध्यक्ष एवं नेपाली काङ्ग्रेस सुनसरी क्षेत्र नं ३ का सभापति मेहदी हुसेनका भाइ हुन् । केही दिन अगाडि सुनसरीको रामनगर भुटाहाका खुर्सीद अन्सारीको समेत भारतबाट आएको अज्ञात व्यक्तिले गोली हानी हत्या गरेका थिए ।

सुनसरीमा गोली चल्यो, एक जना गम्भीर घाइते


Related posts

Leave a Comment