खोटाङको दिप्रुङ गाँउपलिकाको बजेटबाट गाडी किनेर अध्यक्षको काठमाण्डौमा मस्ती


खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाकाको विकासको लागी छुट्टाइएको बजेटबाट गाडी किनेर अध्यक्षले व्यक्तिगतरुपमा अस्वाभाविक काममा प्रयोग गर्ने गरेको भेटिएको छ । ६ महिनाअघि गाउँपालिकाको विकासका लागी गएको झन्डै ५३ लाख बजेटबाट किनेको गाडीमा केही युवा युवतीसहित काठमाण्डौका रेस्टुरेन्ट चाहार्ने गरेको भेटिएपछि यस्तो खुलासा भएको हो ।

शनिवार साँझ गाउँपालिकाका अध्यक्ष भुपेन्द्र राईले आफूसहित अन्य केही युवायुवतीलाई बा २ झ ३८४९ नम्बरको महिन्द्रको स्कार्पियोमा राखेर लाने ल्याउने देखी राती अबेरसम्म रेष्टुरेण्टमा भोज लाउँदै गरेको अवस्थामा भेटिएको थियो ।

सरकारी गाडी व्यक्तिगत मोजमस्तीमा प्रयोग गरेको विषयमा हामीले राखेको जिज्ञासामा राईले उक्त गाडी आफ्ना लागी किनेकाले आफू जुन प्रयोजनमा चलाएपनि अरूलाई के चासो भन्ने जवाफ फर्काएका थिए । उनीसँगै रहेका अर्को एक युवकले त आफू जङ्गी अड्डाको भएको भन्दै समाचार बनाए भोलि आफू कार्यालयमै आएर ठिक पार्ने धम्की समेत दिए । अध्यक्ष राईले सरकारी सम्पत्तिको दुरुपयोग गरेको घटना यो पहिलो होइन ।

गतहप्तामात्रै नेबीसंघका नेताको बिवहाको जन्ती बोकेर सोही गाडी सोलु गएको भन्दै स्थानीयले अध्यक्ष राईको व्यापक आलोचना गरेका थिए । तर राईले म जनताको भोटले जितेको अध्यक्ष जस्तो मान्छे एउटा सरकारी गाडी प्रयोग गर्न पनि नपाउने भन्दै प्रतिप्रश्न गर्ने गरेका छन् ।

उनको व्यवहारले गाउँपालिकाका वडा अध्यक्षहरू समेत आजित भईसकेका छन् । नाम नखुलाउने सर्तमा तत्कालीन एमालेबाट निर्वाचित एक वडाअध्यक्षले भने राईले गाउँपालिका आफ्नै कब्जामा लिएर मनोमानी गदै आएका छन् । स्थानीय मिडियालाई हात लिएर आफ्नो अनियमितता लुकाउदैं आएका अध्यक्षका विरुद्ध मुख खोले आफैलाई अप्ठ्यारो पार्ने डरले आफूले समेत विरोध गर्न छाडेको उनको भनाई थियो ।

पछिल्लो पटक उनी बुधवार गाउँपालिकाको बा २ झ ३८४९ नम्बरको गाडी लिएर गाउँपालिकाकै खर्चमा काँग्रेस महासमिति बैठकमा भाग लिन काठमाडौँ आएको तर यसलाई कसैले विरोध गर्ने अवस्था नभएकाले चुपचाप बसेको अर्का वाडअध्यक्षले गुनासो गरे ।

अध्यक्ष राईले शनिवार रातीसम्म सरकारी गाडी लिएर मोजमस्ती गरेको भिडियो तपाईँ टिभी अन्नपूर्णको एक्सक्लुसिभ कार्यक्रम कहाँ छ सरकार ? मा हेर्न सक्नुहुनेछ । यो कार्यक्रम अनलाइनमा हेर्न तपाईँ टिभी अन्नपूर्णको यूटयूब च्यानल  Subscribe गरेर हेर्न सक्नुहुनेछ …

https://www.youtube.com/channel/UCVsE1h7d6-NnaSg2JQ5vRQw

विवाह भोजमा जन्ती बोक्दै सरकारी हाकिमका गाडी (भिडियोसहित)

एमालेलाई ११०० मतअन्तरले हराउँदै दिप्रुङ गाउँपालिकामा कांग्रेस विजयी

 

 


Related posts

Leave a Comment