विवाह भोजमा जन्ती बोक्दै सरकारी हाकिमका गाडी (भिडियोसहित)


बिहीबार साँझ काठमाडौँ वसुन्धराको एउटा पार्टी प्यालेसमा सेतो नम्बर प्लेटको गाडी रोकियो ।  बा २ झ ३६३० नम्बरको उक्त गाडी बिहेका जन्ती बोक्दै थियो ।   पार्टी प्लालेसमा आधा दर्जन महिलालाई ओर्लि नसक्दै अरू मान्छे लिन भन्दै निस्कियो ।

उक्त गाडी थियो औषधि व्यवस्था विभागका वरिष्ठ औषधि वितरक पान बहादुर क्षेत्रीको ।

कार्यालय समयमा सरकारी कामका लागि प्रयोग हुनुपर्ने गाडी साँझ ६ बजे जन्ती ओसार्दै थियो । त्यो पनि ७ सिटको गाडीमा एकै पटक ९ जना कोचेर ।

छेवैको अर्को पार्टी प्यालेसमा सैनिक मुख्यालयका दुई वटा गाडी रोकिए । एउटामा खचाखच जन्ती थिए अर्कोमा भरि सामान । यस अघि पनि दुई खेप हालेर फर्केको स्वयम् सवारी चालक भन्दै थिए ।

दोस्रो ट्रिपका मान्छे झारी नसक्दै चालक फेरि हुईकिए । यसरी हतारोमा हुईकिने गाडी नम्बर थियो बी ए ए २९१२ र लु १ झ २६६ ।

यी त हुँईकिन हतारिएका गाडी मात्रै थिए । तर बिहेभोजमा मध्येरातसम्म मदिरामा मस्त हाकिमका गाडी बिहे भोज वर पर गनिसाध्यै थिएन ।

बालाजु औद्योगिक क्षेत्रको सुरक्षा कमान्ड सम्हालेका डिएसपी कमल चन्द्र गैरेको बा २ झ ९५३५ नम्बरको गाडी घण्टौँ बिहेभोेजमै रोकियो भने कृषि विभागको ६१—०—१०८ नम्बरको गाडी त मध्येरातसम्मै निम्तालु छाडने हतारमा देखिन्थ्यो ।

हाकिमलाई यस अघि नै पार्टी प्यालेसमा छोडेर हिँडेको उक्त गाडी हाम्रो क्यामेरा देखेपछि कहिले भित्र त कहिले बाहिर गदै थियो ।

ललितपुर सडक डिभिजनको बा १ झ ९५०८ नम्बरको गाडी समेत पार्किङमै थियो । यी त एक सय मिटरभित्रै देखिएका सरकारी सम्पत्ति दुरुप्रयोगका घिनलाग्दो दृश्य मात्रै हुन । बिहीबार राती एकै दिन बसुन्धाराका दर्जन बिहेभोजमा सयौँ सरकारी सवारी साधनको लाइनले प्रधानमन्त्रीको भष्ट्रचारमा शून्य सहनशिलताको नारालाई गिज्जाईरहेको थियो ।

भिडियो हेर्न तलको लिङ्कमा जानुहोस् र यस्तै अन्य भिडियोका लागी हाम्रो यूटयूब च्यानल Subscribe गर्नुहोस्

 

 

सरकारी गाडीको दुरुपयोग भएका विषयमा टिभी अन्नपूर्णले प्रसारण गरेका अन्य समाचार पनि हेर्नुहोस

यसरी फालिएका छन शिंहदरबारभित्रै मर्मत गर्न मिल्ने गाडी (भिडियोसहित)

महानिर्देशकले सरकारी गाडीमा रातो प्लेट राखेर चलाउँदै

वनभोज खान सरकारी गाडीको प्रयोग

सरकारी गाडीको चरम दुरुपयोगः कुनै सचिवसँग तीन वटासम्म गाडी, कसैले भने पालो कुर्नुपर्ने

सरकारी गाडी दुरुपयोग, संसदको उपसमितिले गाडीको खोजी गर्दै

 

 


Related posts

Leave a Comment