पूर्व राजा ज्ञानेन्द्र पोखरा पुगेपछि सर्मथकले लगाए गणतन्त्र बिरोधि नारा


पूर्वराजा ज्ञानेन्द्र शाह पोखरा पुगेपछि उनका सर्मथकले गणतन्त्र बिरोधि नारा लगाएका छन् । उनको स्वागतमा विमानस्थल पुगेका सर्मथकले राष्ट्रिय झण्डा बोकेर गणतन्त्रविरोधी नारा लगाएका हुन् । राजतन्त्रका समर्थकहरुले गणतन्त्रलाई फाँसी दे भन्दै नारा लगाएका छन् । ज्ञानेन्द्रका समर्थकहरुले गणतन्त्रलाई फाँसी दे, संघीयता खारेज गर, हिन्दु राष्ट्र कायम गर जस्ता नारा लगाएका थिए ।
सयौंको संख्यामा विमानस्थल अगाडि भेला भएका उनीहरुले हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ भन्दै नारा लगाएका थिए ।
पूर्वराजा ज्ञानेन्द्र शाहले सोमबारदेखि पोखराको निजी भ्रमण गर्दैछन् । उनी एक साता यहाँ रहने कार्यक्रम छ ।


Related posts

Leave a Comment