परराष्ट्रमन्त्री ज्ञवाली आज भारत जाँदै


परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली रायसिना डायलगको चौथो संस्करणमा भाग लिन बिहीबार भारतको नयाँदिल्ली जाँदै छन् । परराष्ट्र मन्त्रालयद्वारा बुधबार जारी विज्ञप्तिमा ज्ञवालीले बिहीबारै उक्त संस्करणलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

भ्रमणक्रममा ज्ञवालीले भारत सरकारका उच्च अधिकारीसँग समेत भेटघाट गर्ने कार्यक्रम रहेको विज्ञप्तिमा उल्लेख छ । ज्ञवाली शुक्रबार स्वदेश फर्कने छन् ।

Related posts

Leave a Comment