चिर्पटले हानेर बुवा र ठूलोबुवाको हत्या


कैलालीमा एक जनाले आफ्नै बुबा र ठूलो बुवाको हत्या गरेका छन् । लम्कीचुहा नगरपालिका–४ बलियाका करिब २१ वर्षीय जहरसि‌ंह चौधरीले आफनो बुवा र ठूलोबुवाको हत्या गरेका हुन् । शुक्रबार बिहान काठको चिर्पटले हानेर करिब ५५ वर्षीय बुवा चंख चौधरी र करीब ६० वर्षीय ठूलोबुवा पल्टु चौधरीको हत्या गरेका हुन्। छोरा जहरीलालको कुटाईबाट उनकी आमा पनि घाइते भएकी छन् । टाउको र बाँया कानमा चोट लागेकी आमा दीलबहादुरी देवी चौधरीको लालरत्न अस्पताल लम्कीमा उपचार भैरहेको छ । जहरीलाललाई प्रहरीले पक्राउ गरेको छ । उनको मानसिक सन्तुलन ठीक नरहेको गाउँलेहरुले जानकारी दिएका छन् । घटनाको भएको कोठामा मदिरा पनि भेटिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फोटोः बसन्त जैसीको फेसबुकबाट


Related posts

Leave a Comment