हवाई इन्धनको मुल्य सँगै भाडा पनि घटाउने तयारी


नेपाल आयल निगमले आन्तरिक उडानका लागि हवाई इन्धनकाे मूल्य प्रतिलिटर १० रूपैयाँ घटाएको छ । निगमको ४९ औं वार्षिकोत्सव समारोहमा उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री मातृका यादवले मूल्य घटाउने सहमति भएको जानकारी दिए। ‘हाम्रो सहमति भैसक्यो अब प्रतिलिटर १० रूपैयाँ मूल्य घट्छ, यसबाट हवाई भाडा पनि घट्नेछ’, उनले भने ।

निगमले आज राति १२ बजेदेखि लागू हुने गरी आन्तरिक उडानका हवाई इन्धनमा साबिकको बिक्री मूल्य १०४.५० रूपैयाँ प्रतिलिटरमा १० रूपैयाँ प्रतिलिटरका दरले घटाई ९४.५० रूपैयाँ प्रतिलिटर कायम गरेको आयल निगमका नायब कार्यकारी निर्देशक (बजार व्यवस्था) ई. सुशील भट्टराईले जानकारी दिए । पछिल्ला केही पटक डिजल,पेट्रोल, मट्टीतेल लगायतको भाउ घटे पनि हवाई इन्धनको मूल्य घटेको थिएन ।


Related posts

Leave a Comment