अमेरिकाबाट नेपालका अनाथहरूको लागि करिब साढे ५ लाख सहयोग


              दोस्रो पुस्ताका बालबालिकाहरूको समेत उत्साहजनक सहभागिता

विजय थापा,वासिङ्टन डिसी ।
“सच्चीको साथमा” नामक कार्यकमको टोलीले नेपालको विकट गाउँ बाजुराका अनाथहरूको सहयोगार्थ ५ लाख ३५ हजार ७ सय ९ रुपैयाँ ३६ पैसा सङ्कलन गरेको छ । उक्त रकम जनवरी ८ तारिखमा नेपाल पठाई सकिएको जानकारी “सच्चीको साथमा “नामक कार्यक्रमकी प्रस्तोता सच्ची मैनालीले जानकारी दिइन् । अमेरिकाबाट कुल ३ हजार ७ सय ६६ डलर ४७ सेन्ट पठाइएको हो। उक्त रकम गो फन्डको खर्च कटाएर पठाइएको हो ।


नेपालका चर्चित कान्छा सामाजिक अभियन्ता केपी खनाल स्वयमले नेपालको विकट बाजुराका करिब ४० अनाथ बालबालिकाहरूका लागि सुरुआत गरेको अनाथ बालगृह निर्माणको लागि आवश्यक आर्थिक सहयोगका लागि पहल गरिदिन अनुरोध गरेपछि आर्थिक सहयोग सङ्कलन थालिएको थियो ।
विकट गाउँ बाजुरामा बन्दै गरेको अनाथहरूको बालगृह निर्माण कार्यमा आर्थिक अभावका कारण भवनको छत हाल्ने तथा अन्य विविध निर्माण कार्य रोकिएको हुँदा यसका लागी अपुग रकम मध्ये संसारभरका नेपाली परिवारजनहरूबाट अनुरोध गर्ने र यसै क्रममा अमेरिकावासी नेपाली समुदायबाट करिब ३ लाख नेपाली रुपैयाँ जति सङ्कलन गर्ने लक्ष्य राखेको अभियानका अभियन्ता केपी खनालले बताए ।
उक्त अभियानलाई इनेप्लिजको घर बास र प्रवासको समसामयिक विषय समेटिँदै सञ्चालनमा रहेको चर्चित कार्यक्रम सच्चीको साथमाका टिमले अमेरिकाका लागी सहयोग सङ्कलन र उक्त अभियानमा सहकार्य गरेको हो।

३ हजार अमेरिकी डलरको लक्ष्य राखेर सुरु गरिएको हेल्प फर दि होमलेस किड्स अभियान सुरु गएको करिब २६ घण्टामा रकम सङ्कलन भएको हो ।

८७ जना विभिन्न मनकारी दानवीरहरूबाट प्राप्त उक्त सहयोग रकमले अब अनाथ बालबालिकाहरूका लागि बन्ने बाल आश्रम बन्न अब नरोकिने र समय मै निर्माण सम्पन्न हुनेमा विश्वास ब्यकत गरिएको छ ।

दान सहयोगमा विशेष दोस्रा पुस्ताका नेपाली अमेरिकी बालबालिकाहरूको उत्साहजनक रूपमा सहभागिता रहेको छ । ससाना बालबालिकाहरूमा आफ्नो मातृभूमि प्रतिको प्रेम, घरदेशको अवस्था र विशुद्ध समाजसेवाको भावनालाई जागृत गराउँदै यस्ता अभियानहरूमा सहभागी गराउन सफल भएकोमा अमेरिकाको डिसी महानगर क्षेत्रबाट सञ्चालित बिधुतिय पत्रिका ईनेप्लिज डट कमको “सच्चीको साथमा” नामक कार्यक्रम कि प्रस्तोता सच्ची मैनाली सहित उनको समूहले यो अभियान सोचे भन्दा सफल भएको जनाएको छ ।

गत डिसेम्बर २८ तारिखमा सुरु गरिएको गोफण्ड मार्फत सच्चीको साथमा टिमले हातेमालो गरेर कान्छा अभियन्ता केपी खनालको बालगृह निर्माणको आर्थिक सहयोग सङ्कलन अभियान सुरु भए लगतै डिसेम्बर २९ तारिखको साँझ भित्र नै लक्षित सहयोग रकम सङ्कलन भएको थियो ।
अभियानलाई विभिन्न सञ्जालहरू मार्फत शेयर गरी प्रचारप्रसारमा सहयोग गर्नुहुने जान अनजान करिब ३९७ सहयोगीजनहरु र करिब ८७ जना मनकारी सहयोगदाताहरु र सम्पूर्ण टिम प्रति हार्दिक आभार व्यक्त गरेकी छिन्।

यो पनिः काठमाडौं सफा गर्न अछामबाट आएको हुँः केपी खनाल (भिडियोवार्ता)


Related posts

Leave a Comment