हुसेन हत्याकाण्ड: ६ जना भारतीय पक्राउ


बाबा इटा उद्योगका सुपरभाइजर मोहम्द फिदा हुसेनको हत्यामा संलग्न भएको आशंकामा ६ जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

सुनसरीमा ‘मर्निङ वाक’ मा निस्किएका बेला हुसेनको गोली हानी हत्या गरिएको थियो । पक्राउ परेका ६ जना नै भारतीय मूलका र जय बाबा इँटा उद्योगकै कामदार र सक्युरिटी गार्ड हुन् ।

हुसेनको हत्यापछि दुहबीका स्थानीयले दोषीमाथि कारबाहीको माग गर्दै प्रदर्शन गरेका छन् । सुनसरीमै यसअघि भारतीय सुटरको समूहले हरिनगर–२ मा एक विद्यालयका अध्यक्ष खुर्सिद आलमको गोली हानी हत्या गरेको थियो ।

हुसेनको उपचारका क्रममा मृत्यु


Related posts

Leave a Comment