हिन्दू राष्ट्रको पुनर्स्थापनाको माग गर्दै फागुनबाट देशभर आन्दोलन चर्काउने राप्रपाको घोषणा


काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दू राष्ट्र पुनर्स्थापनाको माग गर्दै फागुन दोस्रो साताबाट आन्दोलन सुरु गर्ने भएको छ । अध्यक्ष कमल थापाले आगामी फागुन ७ गते प्रजातन्त्र दिवसको अवसर पारेर हिन्दू राष्ट्र पुनर्स्थापनाका लागि देशभर आन्दोलन गर्ने घोषणा गरेका हुन् ।

उनले सो आन्दोलन सरकारविरुद्ध नभई मुलुकको राष्ट्रिय एकता र पहिचानलाई सुदृढ बनाउन रहेको पनि बताए । मंगलबार काठमाडौंमा आयोजित एक धार्मिक भेलालाई सम्बोधन गर्दैै अध्यक्ष थापाले सो आन्दोलनमा सहभागी हुन सनातन धर्ममा विश्वास राख्ने सबै राजनीतिक दल तथा धार्मिक संघ, संस्थाहरुलाई पनि आह्वान गरे ।राष्ट्रिय प्रजातन्त्र पार्टीले मुलुकको राष्ट्रिय पहिचानका लागि हिन्दू राष्ट्र पुनर्स्थापना हुनुपर्ने माग गर्दै आएको छ । अध्यक्ष थापाले मुलुकको स्वाभिमान र राष्ट्रिय पहिचान तथा राष्ट्रिय एकताका लागि पनि हिन्दू राष्ट्र र राजसंस्था पुनर्स्थापना गर्नुको विकल्प नरहेको दोहोर्‍याए ।


Related posts

Leave a Comment