आइएमई जनरल इन्स्योरेन्स र नेशनल मेडिकल कलेज बीच नगद रहित अन्तरंग सेवा सम्झौता


स्वास्थ्य सेवामा ग्राहकको पहुँच सहज र सर्वसुलभ बनाउने लक्ष्यका साथ आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले नगद रहित अन्तरंग सेवा स्वास्थ्य बीमा योजना अगाडि ल्याएको छ ।

उक्त सेवालाई प्रदेशिक तहमा समेत विस्तार गर्ने उदेश्य सहित आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र नेशनल मेडिकल कलेज प्रा.लि. वीरगंज, पर्सा विच आपसी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुलाई बीमालेखको सीमासम्म नेशनल मेडिकल कलेज प्रा.लि. वीरगंज, पर्साबाट नगद रहित अन्तरंग सेवा प्राप्त हुने आइएमई जनरल इन्स्योरेन्सका सचिव शरण रेग्मीले जनाएका छन् ।

सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको तर्फबाट नायब महाप्रबन्धक श्री पवन थापा र नेशनल मेडिकल कलेज प्रा.लि. वीरगंज, पर्साका तर्फबाट निर्देशक अबीद हसन अन्सारीले हस्ताक्षर गरेका छन् ।


Related posts

Leave a Comment