आइएमई दसैँमा २० लाख योजना अन्तर्गत धिरेन्द्रले जिते २० लाख


रेमिटेन्स सेवा प्रदायक कम्पनी आइएमईले २०७५ सालका दसैँ, तिहार र छठलाई लक्षित गर्दै ल्याएको दसैँमा बीस लाख योजना अन्तर्गत सर्वाधिक ठुलो राशिको भाग्यशाली विजेता घोषणा गरेको छ ।मलेसियाबाट नेपालमा आइएमई गर्ने आइएमई सेवाग्राही धिरेन्द्र कुमार झागडले बीस लाख जित्न सफल भएका हुन् ।

सफ्टवेयर पद्वतीमा आधारित ‘लक्की ड्र’ बाट उनी विजेता घोषित भएको आईएमई द्वारा जारी विज्ञप्तिमा उल्लेख छ। आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालको अध्यक्षतामा आइएमई केन्द्रीय कार्यालय पानीपोखरीमा आज आयोजित भाग्यशाली विजेता छनोट गरिएको हो । कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, ब्राण्डएम्बासडर द्वय दीपक राज गिरि र दीपा श्री निरौला लगायत विभागीय प्रमुखहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले आम सेवाग्राहीको निरन्तर विश्वासले नै आइएमईलाई एउटा भरपर्दो ब्राण्डको रूपमा स्थापित गराएको स्मरण गर्दै आइएमई पे मार्फत हरेक प्रकारका भुक्तानी सेवा उपलब्ध गराउने प्रतिबद्धता ब्यक्तगर्नुभयो ।आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले सेवाग्राहीमुखि ‘दशैँमावीस लाख’ योजना अवधिका करिव तीन महिनामा लक्ष्य अनुरूपको व्यापार अभिवृद्धी भएको बताउँदै यस्ता पर्व लक्षित कार्यक्रमले आम सेवाग्राही र कम्पनी बिचको सम्बन्धलाई प्रगाढ बनाउने विश्वास ब्यक्त गर्नुभयो ।ब्रान्ड एम्बासडर द्वय दीपक राज गिरि र दीपा श्री निरौलाले आइएमई जस्तो ब्राण्डको एम्बासडर हुन पाउँदा सन्तोष लागेको बताउँदै विजेता सम्पूर्ण सेवाग्राहीलाई बधाई ब्यक्त गर्नुभयो ।
गत असोज ७ गतेदेखि सुरु भई मङ्सिर मसान्तसम्म लाग सेवाग्राहीमुखी यस योजना अन्तर्गत दैनिकलक्कीड्र’ मा ८ सय ४०, साप्ताहिक ‘लक्की ड्र’ मा १२, मासिक ‘लक्की ड्र’ मा ३ र बम्पर ‘लक्की ड्र’ मा १ गरी कुल ८ सय ५६ जना सेवाग्राही पुरस्कृत भएको बताएको छ ।


Related posts

Leave a Comment