पहिलो खेलमा भारत अस्ट्रेलियासँग ३४ रनले पराजित


अष्ट्रेलिया विरुद्धको पहिलो एक दिवसिय खेलमा भारत ३४ रनले पराजित भएको छ । २ सय ८९ रनको लक्ष्य पछ्याएको पाहुना टोली भारतले रोहित शर्माको शानदार शतकको बाबजुद निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय ५४ रन मात्र बनाउन सक्यो । रोहितले १ सय २९ बल खेलेर १ सय ३३ रनको योगदान दिए। उनले १० चौका र ६ छक्का प्रहार गरे ।

भारतले सुरुवाती ४ रन जोड्दा प्रमुख तीन ब्याट्सम्यान गुमाएको थियो । कप्तान विराट कोहली ३, शिखर धवन र अम्बाटि रायडु डक आउट हुँदै पेभिलिएन फर्किपछि भारत सुरुमै दवावमा परेको थियो । त्यसपछि मैदान प्रवेश गरेका महेन्द्रसिंह धोनीले रोहितसँग चौथो विकेटका लागि १ सय ३७ रनको साझेदारी गरेका थिए। धोनी ५१ रन जोडेर आउट भए।

घरेलु मैदानमा भएको खेलमा पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै २ सय ८८ रन बनायो । उसका लागि पिटर हेन्डन्डकम्बले ७३ रन बनाए । उनले ६१ बलमा ६ चौका र २ छक्का प्रहार गरे । जितसँगै ३ खेलको सिरिजमा अस्ट्रेलियाले १-० को अग्रता लिएको छ।

भारत र अस्ट्रेलियाबीच दोस्रो वान डे खेल आगमी १५ जनवरीमा हुने छ ।


Related posts

Leave a Comment