न्यूनतम पुँजी पु-याउन नसकेपछि बीमा कम्पनीले फेरि मागे थप ६ महिना


बीमा कम्पनीहरुले निर्धारित समयमा चुक्ता पुँजी पुर्याउन नसकेपछि थप ६ महिनाको समय माग गरेका छन् । बीमा समितिले जीवन बीमा कम्पनीलाई २ अर्ब तथा निर्जीवन बीमा कम्पनीहरुलाई १ अर्ब रुपैयाँ चुक्ता पुँजी पु-याउन निर्देशन दिएको छ । तर यसअघि पनि दुई पटकसम्म तीन/तीन महिना गरी ६ महिनाको समय वृद्धि गरिसकेका कम्पनीहरुले थप ६ महिनाको समय माग गरेका हुन् । समितिले दिएको निर्देशनअनुसार चुक्ता पुँजी वृद्धि गर्नलाई बीमा कम्पनीहरुलाई हम्मेहम्मे परको छ ।

समितिले  २०७५ असार मसान्तसम्म पुँजी जुटाउन कम्पनीहरुलाई निर्देशन दिएको थियो । नेपाल बीमक सङ्घले समितिलाई बुझाएको सुझावअनुसार आर्थिक वर्ष ०७५/०७६ को अन्तिमसम्म समय थप गर्नुपर्नेछ ।

यस्तै बीमा कम्पनीहरुले पुँजी वृद्धि गर्न नसक्नुको कारण आर्थिक वर्ष २०७५/७६ देखि लागू भएको नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्यान्डर्ड (एनएफआरएस) भएको बताएका छन् । कम्पनीहरुले साधारणसभासमेत बोलाउन सकेका छैनन् ।

हालसम्म तीन निर्जीवन बीमा कम्पनी तथा एक जीवन बीमा कम्पनीबाहेक अन्यले समय थप गर्दा पुँजी वृद्धि गर्न सकेका छैनन् । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले समितिले तोकेको चुक्ता पुँजी पुर्याएको छ । यस्तै नेको इन्स्योरेन्स कम्पनी लिमिटेड, हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड र शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड बाहेकका कम्पनीलाई पुँजी वृद्धि गर्न गाह्रो परेको छ । नयाँ आएका बीमा कम्पनीहरुमा भने यो निर्देशन लागू हुँदैन ।


Related posts

Leave a Comment