आईओसीले गर्यो बक्सिङ संघलाई कारबाही,सोलिडायरिटी फन्ड रोक्का


अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) ले संसारभरका बक्सिङ संघलाई दिँदै आएको सहयोग (ओलम्पिक सोलिडायरिटी फन्ड) रोक्का गरेको छ । गत नोभेम्बर २ मा भएको अन्तर्राष्ट्रिय बक्सिङ महासंघ (आइवा) को निर्वाचनमा विवादास्पद छविका गफुर राकिमोभ अध्यक्षमा निर्वाचित भएपछि आईओसीले राष्ट्रिय संघहरूलाई दिँदै आएको सहयोग रोक्का गरेको हो ।

सन् २०२० मा आयोजना हुने टोकियो ओलम्पिकको आयोजनाका विषयमा बसेको आईओसी बैठकले संघलाई प्रत्यक्ष रूपमा दिँदै आएको सहयोग रोक्का गर्ने निर्णय गरेको हो । आईओसीले नेपाल ओलम्पिक कमिटी ९एनओसी० का अध्यक्ष र महासचिवलाई सम्बोधन गर्दै यस आशयको पत्र पठाएको छ । आईओसीले मंगलबार एनओसीलाई लेखेको पत्रमा ओलम्पिक सोलिडारिटी फन्डमार्फत हुने सहयोग नेपाल बक्सिङ संघसँग नगरी राष्ट्रिय खेलकुद परिषद् र आईओसीमार्फत मात्र गर्न भनिएको छ ।


Related posts

Leave a Comment