रोकिएको जग्गा कित्ताकाट खुल्यो


करिब डेढ वर्षदेखि रोकिएको जग्गाको कित्ताकाट खुला गरिएको छ। गत वर्ष साउनदेखि बन्द भएको कित्ताकाट शुक्रबारबाट खुला भएको हो। भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले पत्रकार सम्मेलन गरेर जग्गाको कित्ताकाट खुला गरिएको जानकारी दिएकी हुन्।

सम्बन्धित स्थानीय तहले खेतीयोग्य जग्गा होइन भनेर सिफारिस गरेपछि जग्गा कित्ताकाट गर्न पाइने मन्त्री अर्यालले बताएकी छन् । ‘अघिल्लो निर्णयलाई पुनरावलोकन गरिएको छ’, पत्रकार सम्मेलनमा मन्त्री अर्यालले भनिन्, ‘घर व्यवहार नै रोकिएको भन्ने जनगुनासो आएपछि निर्णयको पुर्नविचार गरिएको छ।’ रोक्का गर्दा व्यवहारिक कठिनाइ भएको र विभिन्न विकृति भएका कारण जग्गा कित्ताकाट खुला गर्नुपरेको मन्त्री आर्याले प्रष्ट पारिन् । सँगै मन्त्री अर्यालले मापदण्ड विपरित कित्ताकाट गर्नेलाई कारबाही गर्ने चेतावनी दिएकी छन्।

२०७४ साउन २६ मा जग्गा खण्डिकरण रोक्न गरेको निर्णय खारेज गरिएको मन्त्रालयले जनाएको छ ।


Related posts

Leave a Comment