जनताले परिवर्तनको अनुभूति गर्न पाएका छैनन् : कमल थापा


राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले जनताले परिवर्तनको अनुभूति गर्न नपाएको आरोप लगाएका छन् ।

मुलुकमा दुईतिहाई सरकार गठन भएको लामो समय हुँदा पनि सरकारले आफ्नो प्रभावकारी उपस्थीति देखाउन नसकेको उनले बताए । बिहिबार पत्रकार सम्मेलन गर्दै अध्यक्ष थापाले मुलुकमा हत्या हिंसा, बलात्कार, कर, मुल्यवृद्धि लगायत विषयलाई सरकारले गम्भीरतापूर्वक लिन नसकेको समेत टिप्पणी गरेका छन् । अहिले नेपालको इतिहासमा नै पहिलो पटक राष्ट्रिय अण्डतामाथि प्रश्नचिन्ह खडा गरिएको उनले बताए । त्यस्तै राष्ट्रिय एकता दिवसको बिदा कटौती गरिएकोमा आपत्ति जनाउँदै उनले पार्टीको तर्फबाट एकता दिवस भव्यरुपमा मनाउने जानकारी पनि दिएका छन् । उनले ‘राष्ट्रिय एकताको विषयलाई राजनीतिसँग जोड्न नहुने तर्क गरे । अध्यक्ष थापाले हिन्दुराज्य पुनःस्थापनाको माग फागुन मसान्तसम्म पूरा नभए आगामी चैत १ गतेदेखि देशव्यापी आन्दोलन गर्ने चेतावनी पनि दिएका छन् ।

राष्ट्रिय एकता दिन–प्रतिदिन संकटमा पर्दै गएको भन्दै अध्यक्ष थापाले राष्ट्र निर्माताको सम्मान हुन नसके राष्ट्रिय अखन्डतामासमेत आँच आउनसक्ने धारणा राखेका छन् ।


Related posts

Leave a Comment