के आज पनि बिग बासमा सन्दिपले चमत्कार गर्लान?


अष्ट्रेलियामा जारी बिग बास क्रिकेटमा नेपाली युवा बलर सन्दिप लामिछाने सहभागी मेलवर्न स्टार्सले मंगलबार मेलवर्न रेनगार्डससँग प्रतिस्पर्धा गर्दै छ ।यो खेल नेपाली समयअनुसार दिउँसो २ बजे मेलवर्नमै शुरुहुने छ । जारी सिजनमा नेपाली युवा बलर सन्दिप लामिछानेले सर्वाधिक विकेट लिने खेलाडीको शीर्ष स्थानमा रहेका छन् ।लगातार तीन खेलमा सहभागीता जनाएका सन्दिपले अहिलेसम्म ८ विकेट लिँदै सर्वाधिक विकेट लिने खेलाडीको शीर्ष स्थानमा रहेका हुन् । सन्दिपले उत्कृष्ट प्रदर्शन गरे पनि मेलवर्न स्टार्सले तीन मध्य एउटा खेल मात्रै जितेको छ ।आजको खेलमा विजयी भए सुपुर फोरमा पुग्ने सम्भावना वलियो बन्ने छ । मेलवर्न स्टार्स २ अंक सहित छैटौं स्थानमा रहँदा मेलवर्न रेनगार्डसभने ४ अंक सहित दोस्रो स्थानमा रहेको छ । मेलवर्न स्टार्स र मेलवर्न रेनगार्डसको जारी बिगबासको १६औं खेल हो भने टिमको चौथो खेल हो ।आज पनि उनको टीमले उनको चमत्कारीक प्रदर्शनको सहित जितको अपेक्षा गरेका छन् ।


Related posts

Leave a Comment