पशुपति भर्सेस कमल थापा: ‘तातै खाउँ, जली मरौं, राणाको भावना एकता विपरीत


तीन राप्रपा एकता प्रक्रिया अन्तिममा आएर रोकिएको छ । खास गरी कमलथापा नेतृत्वको राप्रपा र पशुपति शमशेर नेतृत्वको राप्रपा प्रजातान्त्रिकबीच एकता प्रक्रिया अन्तिम चरणमा आएर रोकिएको हो । दुबैले एक अर्काको कारण एकता भाडिएको आरोप लगाइरहेका छन् । प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमसेर राणाले राप्रपा अध्यक्ष कमल थापाकै कारण पार्टी एकता प्रक्रिया भाँडिएको आरोप लगाएका छन्। अध्यक्ष राणाले पार्टी एकता प्रक्रिया अघि बढाउन आफ्नो पार्टी प्रतिबद्ध रहेको पनि स्पष्ट पारे। मंगलबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले ‘तातै खाउँ, जली मरौं’ भन्ने खालको हतारो गरेपछि पार्टी एकता प्रक्रिया तत्कालका लागि रोकिएको दाबी गरेका थिए।
तीन पार्टीबीच एकता हुने भनेपछि पार्टीको नाम, झन्डा र चुनाव चिन्ह एउटै पार्टीको भन्ने हुनै सक्दैन उनले भने। पार्टीको एकता प्रक्रिया रोकिनुमा सिद्धान्तको विषय कारक तत्वको रुपमा नरहेको अध्यक्ष राणाको भनाई छ।

अध्यक्ष राणाले एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादीका अध्यक्ष डा। प्रकाशचन्द्र लोहनीसँग गम्भिर छलफल गरेपछि पार्टी एकता गरौैं भन्ने प्रस्ताव थापाले नमानेको आरोप समेत लगाए।

पार्टी एकताको संघारमा पुगेको राप्रपाभित्रको विवाद बाहिर सार्वजनिक हुन थालेको छ । राप्रपाका शीर्ष नेताहरुले सार्वजनिक कार्यक्रम र सामाजिक सञ्जालमा आपसी तिक्तता सार्वजनिक गर्न थालेका छन् । मंगलबार सामाजिक सञ्जाल ट्‍वीटरको प्रयोग गर्दै राप्रपा अध्यक्ष कमल थापाले राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर राणाको भावना एकता प्रक्रिया विपरीत रहेको आरोप लगाएका छन् ।
थापाले राप्रपाको एकता बिथोलिनुको कारण राणा भएको भन्दै ट्‍वीटरमा लेखेका छन्, पशुपतिजीको अभिव्यक्ति गलत र एकताको भावना बिपरित छ।राजसंस्थावारे स्पष्ट प्रतिबद्धता र हिन्दुत्वको प्रतिक गाईचुनावचिन्ह एकताको न्युनतम शर्त भन्ने उहाँले बुझ्नुपर्छ।उहाँको भनाईबाट स्पष्ट हुन्छ एकता किन ? कसले बिथोल्यो।आरोप प्रत्यारोप होइन,लाखौ पार्टी कार्यकर्ताको भावनाको सम्मान गरौं ।

कस्ले रोक्यो राप्रपालाई एक हुन ? पाहुना बोलाएर कार्यक्रम रद्ध


Related posts

Leave a Comment