नेपाली बढि फुर्सदिला हुदाँ देशलाई हानी भएको भन्दै काममा तल्लीन हुन राष्ट्रकविको आग्रह (भिडियोसहित)


आईतबारदेखी १०० औं वर्ष प्रवेश पुगेका राष्ट्रकवि माधवप्रसाद घिमिरेले देशवासीलाई आफ्नो कर्ममा दत्तचित्त भएर लाग्न सुझाव दिएका छन् । टिभी अन्नपूर्णसँगको बिशेष कुराकानीमा घिमिरेले नेपालीहरु बढि फुर्सदिला हुदाँ मष्तिष्कमा सधै नकारात्मकताको विकास भएको चर्चा गरे।  उनले खाली समयलाई आफु र देशको हित गर्ने कामममा लगाउन पनि सुझाव दिए ।
लामो सर्घषबाट प्राप्त लोकतन्त्रमा समेत जनताले अपेक्षित अनुभुति गर्न नसकेको भन्दै राष्ट्रकवि घिमिरेले यसमा राजनीतिक दलका नेताहरुलाई थप जिम्मेवार बन्नुपर्ने धारणा राखे।  १०० औं वर्ष प्रवेशको अवसरमा काठमाण्डौको कपुरधारास्थित घिमिरे निवासमा राष्ट्रकवि माधव प्रसाद घिमिरेको जन्मदिन धुमधामले मनाईएको छ । आफन्त शुभेच्छुक सरकारी उच्च पदस्थ कर्मचारीसमेत उपस्थित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी समेत घिमिरेलाई शुभकामना दिन उनकै निवासमा पुगेकी थिइन् ।
स्वच्छन्दतावादी भावधारा र परिस्कारवादी शैली भएका राष्ट्रकवि घिमिरे अहिले पनि उत्तिकै सक्रिय छन् । सानै उमेरदेखि निरन्तर रुपमा नेपाली साहित्यका कविता, खण्डकाब्य, गीतिनाटक, कथा, अनुवाद लेख–प्रबन्ध जस्ता अनेकौं विधा–उपविधामा निरन्तर कलम चलाउँदै घिमिरेको जन्म १९७६ साल असोज ७ गते लमजुङको पुस्तुन गाउँमा भएको थियो ।


Related posts

Leave a Comment