दीपिकालाई पनि उछिनिन् कंगनाले, लिइन् २२ करोड पारिश्रमिक


बलिउडमा अभिनेता अभिनेत्रीको पारिश्रमिकको विषयमा बेला बेलामा निकै चर्चा हुने गर्दछ ।

चलचित्र पद्मावतको प्रदर्शनसँगै दीपिका पादुकोण सर्वाधिक महँगी अभिनेत्री भएकी थिइन् ।  उनले उक्त चलचित्रका लागि १२ करोड पारिश्रमिक बुझेकी थिइन् । उनले लिएको रकम उक्त मितिसम्म अन्य अभिनेत्रीले लिएका थिएनन् ।

तर हालै बलिउड क्विन कंगना रणावतले दीपिकालाई उछिनेको बताइएको छ । कंगनाले मणिकर्णिका : दि क्विन अफ झाँसीका लागि २२ करोड पारिश्रमिक बुझेकी छिन् । यो रकम हालसम्म बलिउडका कुनै पनि अभिनेत्रीले लिएका छैनन् ।  चलचित्र मणिकर्णिकार आगामी वर्षको जनवरी २५ मा प्रदर्शनमा आउँदैछ ।


Related posts

Leave a Comment