डाक्टरबिहिन जिल्ला अस्पताल: स्टोर किपर बिरामी जाच्ने, कार्यालय सहयोगीले औषधि दिने(भिडियोसहित)


शम्भू माली, कपिलबस्तु ।

कपिलबस्तु जिल्ला अस्पतालमा डा. नहुँदा बिरामीलाई समस्या भएको छ । अस्पतालका ओपीडि लगायत कक्षमा डाक्टर नै छैनन् । बिरामीलाई अहेबले नै जाँच गर्छन् र औषधि सिफारिस गर्छन् । अस्पताल फार्मेसीमा प्रयाप्त औषधि छैन । आधा दर्जन भन्दा बढी सामान्य औषधि समेत अस्पतालमा छैन । अति आवश्यक सिटामोल, मेट्रो, हाईजिनक, कोट्रिम जस्ता सामान्य औषधि समेत अस्पतालमा छैनन् । जिल्ला अस्पतालमा गरिब, ज्येष्ठ नागरिक, महिला, असहायको लागि ७० प्रकारको औषधी निशुल्क बितरण गर्ने सरकारका योजना घोषणमा मात्र सीमित देखिन्छ ।
आफन्तको उपचारमा आएकी तौलिहवाकी गीता श्रीवास्तवले अस्पतालमा सामान्य सुविधा पनि नभएको गुनासो गरिन् । उनले भनिन्, सामान्य सुई समेत पाइदैन । सुत्केरी समाग्री, महिला शौचालय समेत छैन । महिलाहरु खुल्ला ठाँउमा दिसा पिसाब गर्न बाध्य छन । सरकारले निशुल्क दिन भने औषधी समेत छैन ।

यो पनिः कपिलबस्तु जिल्ला अस्पतालमा औषधि अभाव

जिल्ला अस्पतालमा ३ जना डाक्टरको दरबन्दी भएकोमा १ जना मात्रै छन । ४ जना स्टाफ नर्सको दरबन्दी छ तर १ जना कार्यरत छन भने २ जनालाई करारमा काममा लगाइएको छ । अहेब ३ जना हुनुपर्नेमा १ जना छन् । ल्याब टेक्निसियन २ जनाकोे ठाउँमा १ छन । मापदण्ड अनुसार दश हजार जनसंख्यालाई एक जना डाक्टर हुनु पर्ने हो । पाँच लाखको जनसंख्या रहेको कपलिवस्तुमा एक जना मात्रै डाक्टर छन् । ती पनि कार्यालयमा बस्दैनन् ।

डा. बाहिर भएकोले एचए र स्टोर किपरले नै ओपिडी लगायत सबै सेवा सम्हाली रहेको प्रशासन शाखाका रत्नाकर शुक्लाले बताए ।
उनले भने कोही नभए पछि के गर्ने मैले नै बिरामी जाच्छु । कार्यालय सहयोगीले औषधि दिन्छन् । दैनिक सायौं बिरामीको लाइन लाग्ने जिल्ला अस्पतालमा यस्तो चरम लापरबाही हुँदा समेत नियमक निकाय भने मौन जस्तै छ ।


Related posts

Leave a Comment