कर्तव्य ज्यान मुद्दाका कैदी बिजुली मर्मत गर्ने बहानामा कारागारबाटै फरार


जिल्ला कारागार, झापाबाट आज एकजना कैदी फरार भएका छन्।

कर्तब्य ज्यान मुद्दामा जेलजीवन बिताइरहेका झापा गौरादहका २५ वर्षिय उमेश माझी आइतबार दिउँसो करिब तीन बजे जेलबाट भागेका हुन्।

बिजुलीको काम गर्न जान्ने माझी कारगार भित्र बिजुली मर्मत सम्भारको काम गर्थे। आइतबार बिजुली मर्मतका लागि राखिएको सिंढी चढेर प्रहरीको सेन्ट्रिपोष्टमा चढेका माझी त्यहींबाट बाहिर भागेको जेलर यज्ञराज निरौलाले बताए। जेलको चारैतिरका सेन्ट्रिपोष्टमा प्रहरी भएपनि प्रहरी नभएको पोष्टबाट उनी भागेको निरौलाको भनाई छ।

जेलमा बिग्रिएको मोटर बनाउन माझीको खोजी भएपछि मात्रै उनी भागेको थाह भएको थियो।

गौरादहका १२ वर्षिय बालकको हत्यामा दोषि ठहर भएका माझीलाई २०७१ असार ५ गते अदालतले जन्मकदको सजाय सुनाएको थियो।

माझीको खोजी भइरहेको जेलर निरौलाले बताए।


Related posts

Leave a Comment