देश भरिका स्थानीय तहका कर्मचारीहरु आन्दोलनमा, सिरहा नगरपालिकामा पनि कामकाज ठप्प


आलोक यादव , सिरहा ।
सिरहाका १७ वटै स्थानिय तहका कर्मचारीहरु सहित देशैभरका कर्मचारी समायोजन अध्यादेशको विरोधमा उत्रिए पछि स्थानीय तहको कामकाज ठप्प हुन पुगेको छ । स्थानीय तह संयुक्त आन्दोलन परिचालन समिति अन्तर्गत सिरहा नगरपालिकाका कर्मचारीहरु काम नगर्ने भन्दै आन्दोलनमा उत्रिएका हुन् ।

स्थानीय तहमा कार्यरत कर्मचारी आवद्ध स्थानीय तह कर्मचारी संघ, स्थानीय तह कर्मचारी युनियन लगायत कर्मचारी संघ, संगठनमा आवद्ध कर्मचारीहरुले समायोजन अध्यादेश विधेयकले आफूहरुलाई विभेदमा पारेको भन्दै विरोधमा उत्रिनु परेको कर्मचारीहरुले बताए। सिरहा नगरपालिकाका कर्मचारीहरुले पौष २ गते सांकेतिक विरोध स्वरूप देश भरिका स्थानीय तहमा कामकाज बन्द गरि कार्यालय परिसर मै धर्ना बस्ने कार्यक्रम रहेकोमा सिरहा नगरपालिकामा पनि कार्यालय बन्द गरि कर्मचारीहरु धर्नामा बसेका छन्।


Related posts

Leave a Comment