काठमाण्डौमा १० रुपैयाँमा कपडा बेच्ने पसल, कुन कुन लुगा पाईन्छ ? (भिडियोसहित)


तुल्सी अर्याल /टिभी अन्न्पूर्ण काठमाडौँ,

दशै तिहारमा सामान्य मान्छेले पनि नयाँ लुगा किन्ने चाहना राख्छन् । लुगासँगै अत्यावश्यक उपभोग्य सामग्री पनि नभई हुदैन । महँगीले आकास छोएको अहिलेको अवस्थामा श्रमिक र सामान्य वर्गका मान्छेलाई छोईनसक्नु छ ।

हुने खाने र सम्पन्न वर्गले त बजारको महँगीलाई जसो तसो धान्छन् । तर गरिबका लागि भने महंगीले दशै भन्दा यस्तो महान पर्व दशा सावित बन्ने गरेको छ ।

एउटै सामानको मुल्य ठाउँ, पसल र मान्छे अनुसार मुल्यमा पनि आकाश पातलको फरक पाईन्छ । अझै बजारमा हुने ठगीले सर्वसाधारणलाई पिरोल्छ । तर काठमाडौंमै एउटा यस्तो ठाउँ छ जहाँ १० रुपैयाँमा लुगा पाईन्छ ।

राजधानीको सामाखुसीमा अवस्थित सुखावति स्टोरले न्यूनतम १० रुपैयाँमै लुगा बिक्रि गरिरहेको छ । लुगा मात्रै होइन १० रुपैयाँ देखि २०० रुपैयामा दैनिक उपभोग्य सामाग्री पनि बेच्दै आएको छ ।

एक पटक प्रयोग भईसकेका कतिपय सामानलाई रिसाइकल्ड गरेर सहुलियत मूल्यमा बिक्रि गरिरहेको स्टोरका संचालक चिजमान गुरुङले बताए ।

वैदेशिक रोजगारको सिलसिलामा कोरिया बसेर फर्केका गुरुङ नेपालमै केही फरक गर्ने उद्देश्यले यस्तो व्यवसाय थालेको बताउछन् । उनले कोरीया बस्दा सिकेको सीप र अनुभवलाई आफ्नै देशमा प्रयोग गरिरहेका बताए । उनको स्टोरमा ग्राहकले बच्चाको खेलौना, पुस्तक, कुर्ता सुरुबाल, साडी तथा पेन्ट सर्ट टिसर्ट जस्ता सामाग्री पाइने उनले बताए ।

कुर्ता, जुत्ता, सर्टको मूल्य १० रुपैयाँ मात्र राखिएको छ । महिनाको ३० हजार रुपैयाँ सटर भाडा तीर्छन् । ४ जनालाई रोजगारी समेत दिएका छन् ।

आफुले गरिरहेका कामबाट धेरै फाइदा नभए पनि आत्म सन्तुष्टि मिलेको उनको भनाई छ ।


Related posts

Leave a Comment