कात्रोमा बेरेर गाड्नै लाग्दा बिउँझेकी नन्दा, अहिले अनाथकी सहारा बनिन् (भिडियोसहित)


बुधवार दिउँसो २ बजे तिर । व्यस्त सहर काठमाडौँ कपनको एउटा घर । घरमा सात आठ जना बालबालिका । कोही लुगा धुँदै , कोही खाजा बनाउँदै । दृश्य यस्तो लाग्थ्यो कि सेना कमाण्डरको आदेश पालना गदैछन । कमान्डर थिइन एक अधवैशे युवती । लामो कपाल, गहुँ गोरो वर्ण, रातो टिसर्टमा हल्का श्रृंगार । उनी थिइन् २९ वर्षीय नन्दा सिंह । ३० को दशक पुग्दै गरेकी नन्दा आँखा देख्दिनन् । तर बन्द आँखाले उनले नियालेको संसार भने निक्कै सुन्दर छ । आँखा नदेख्ने नन्दाले हामी पुगेको कसरी पत्तो पाइन थाहा छैन तर मुस्कु्राउदैं भनिन् बस्नुस् म चिया पकाउँछु । हामी शारीरिक रूपमा पूर्ण हुँदा हुँदै पनि जिन्दगी देखि गुनासो गछौंैं । तर उनको अनुहारमा यत्ति यत्ति उत्साह देखिन्थ्यो कि सायद जीवनमा उनको कुनै गुनासो छैन ।

सन्चै हुनुहुन्छ हामीले सोध्यौँ, उनले भनिन् ३ वर्षकी हुँदा सेतो कात्रोमा बेरेर चिहान पुगेकी म सल्बलाएपछि फर्काएका रे अहिले त ठिक्कै छु ।
सिंह कर्णालीको कालिकोटमा जन्मिएकी हुन् । उनको बाल्यकाल पनि कालिकोटमा नै बित्यो । सायद सुन्दा काल्पनिक जस्तो लाग्ने उनको जीवन कुनै फिल्म भन्दा कम छैन । तीन वर्षको हुँदा उनलाई पखाला लाग्यो । ६ महिनासम्म उनलाई पखालाले नै सतायो । कुनै अस्पताल उनले देख्न पाइनन् । मलिन अनुहारमा भनिन् । छ महिनापछि मलाई मरी भनेर सेतो कात्रोमा बेरियो । साँझ ४ बजेको थियो रे । उनले सुनाइन् । तर भाग्य भएरै होला हाम्रो संस्कार अनुसार बच्चालाई बिहान मात्रै दाह संस्कार गरिँदो रहेछ । त्यो रात एक बजेतिर खुट्टा हल्लिएपछि मैले पुनर्जीवन पाए । दुर्भाग्य ,आँखाको ज्योति भने साँधैका लागि गुम्यो । परिवारले नेपालगन्जको दृष्टिविहीनलाई पढाउने होस्टेलमा राखियो । उनले त्यहीबाट एसएलसी उतिर्ण गरिन् ।
त्यति बेला किन मरिन् भन्ने लाग्यो
एसएलसी सकेर उनी काठमाडौँ आइन् । काठमाडौँमा आफू बस्ने कोठा सम्म पुग्न तिन घण्टा लाग्दथ्यो । उनी सजिलै कलेज सम्म त जान्थिन् । तर फर्किने बेलामा बाटो बिर्सिन्थिन् । बाटो बिर्सिएपछि घर पुग्ने निक्कै समय लाग्थ्यो । कलेजबाट फर्कँदा आफ्नो कोठा पुग्न नसक्दा उनलाई पीडा हुन्थ्यो । कहिले त सानैमा मर्न पाएका भए पनि हुन्थ्यो झैँ लाग्थ्यो । आफूले केही गर्न नसकेको भन्दै उनी एकान्तमा बसेर रोइन् पनि । समय बित्दै गयो । उनी सामान्य ठाउँसम्म पत्ता लगाउन नसक्ने भइन् । आजभोलि त म अरूलाई बाटो देखाउँछु । काठमाडौँ जस्तो सहरमा उनलाई खान बस्नै समस्या भयो । एउटा हस्पिटलमा रिसेप्सनको रूपमा काम गरिन् । एक दिन गोपी कृष्ण नजिकै पुलबाट खसिन् । त्यही दिन कामबाट निकालिनुपरेको तितो अनुभव सुनाइन ।
स्नातक तह चौथो वर्षमा अध्ययनरत नन्दा अहिले सामाजिक कार्यमा सक्रिय छन् । अन्तर दृष्टि नेपाल नामक संस्था मार्फत दुई वर्ष देखि ८ जना अनाथ बालबालिकाकी आमा बनेकी छन् ।
आफूले संसार नदेखे पनि टुहुरा बालबालिकालाई भने सुन्दर संसार देखाउने सपना छ उनको । नन्दाले भनिन् म सँग त्यस्तो केही छैन तैपनि विद्यालयमा बिन्ती भाउ गरेरै पनि पढाएकी छु ।
कला र खेलमा पनि अब्बल
नन्दाको सामाजिक काममा मात्रै होइन साहित्यमा पनि रुचि छ । कविता, गजल लेख्न निक्कै रुचि राख्ने नन्दा गीत पनि गाउछिन । नेत्रहीन क्रिकेट प्रतियोगितामा श्रीलङ्का पुगेर समेत जितेकी उनी आँखा देख्दिनन् तर क्रिकेटमा अब्बल छन् । बिहान बेलुका आफै खाना पकाउँछिन् । लुगा धुन्छिन्, भाँडा माझ्छिन् । सामाजिक सञ्जालमा उनको रुचि छ ।


Related posts

Leave a Comment