खप्तड गोल्डकपको उद्घाटन खेलमा आयोजक र काक्करभिट्टा भिड्दै


तेस्रो नेपाल आईस सुदूरपश्चिम खप्तड गोल्ड कप फुटबल आजदेखि सुरु हुँदैछ । गोल्डकपको उद्घाटन खेलमा आयोजक सुदूरपश्चिम-११ स्पोर्ट्स क्लब र काक्करभीट्टा फुटबल ट्रेनिङ सेन्टर भिड्दैछन् ।

खेल दिनको २:३० बजे धनगढी रंगशालामा सुरु हुनेछ । दुवै टोली मोफसलमा नाम चलेका टोली हुन् । ए डिभिजन लिगका खेलाडी सम्मिलित रहने दुवै टोलीले स्थानीय खेलाडीलाई पनि समेटेका छन् ।

दोस्रो खेलमा पुस २५ गते मोरङ एघारलेे नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताकै तेस्रो दिन भ्याली च्यासलले दिल्ली एफसीसँग प्रतिस्पर्धा गर्ने भएको छ । पुस २७ गते भने संकटा क्लबले गोर्खा ब्वाइज रुपन्देहीसँग प्रतिस्पर्धा गर्ने छ ।

ए बाट थ्रीस्टार क्लब र एपीएफ क्लबले भने क्वाटरफाइनलबाट मात्रै प्रतिस्पर्धा गर्ने छ । यता, समूह बी बाट मनाङ मर्स्याङ्दी क्लब र क्यामरुनको डफिनास टिम फेमेलीले क्वाटरफाइनलबाट प्रतिस्पर्धा गर्ने भएको हो ।

सेमिफाइनलको खेल माघ दुई र तीन गते हुनेछ । त्यस्तै, फाइनल खेल माघ पाँच गते हुनेछ ।

प्रतियोगिता विजेताले २१ लाख र उपविजेताले १० लाख रुपैयाँ हात पार्नेछन् । उत्कृष्ट खेलाडीले यामाहाको १ सय ५० सीसी मोटरसाईकल प्राप्त गर्दा विधागत उत्कृष्ट विजेताले जनही १५-१५ हजार रुपैयाँ पाउने छन् । प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद १० हजार प्रदान गरिने छ ।


Related posts

Leave a Comment