किन रोइन् नायिका कसिस ? यस्तो छ रहस्य


आलोक यादव, सिरहा ।

मिशन मधेशकी नायिका कसिस दाहाल लहान ९ मा रुदैंथिइन् । उनलाई चारैतीरबाट स्थानीयहरुले धैर्य गर्न अनुरोध गर्दै थिए । तर, उनको आँखाको आँशु रोकिरहेको थिएन् । उता, विरेन्द्र यादव, दिनेश पासमान, विष्णुदेव पाल र सोभित पासमान बौना सहितको प्रहरी टोलीले दाहालका नायकलाई हतकडी लगाएर बीच गाउँबाट लिएर गयो । नायक दिनेश्वर गुप्ताले ‘बेइमान जमिन्दारके बेमाइन कुतासव’ सम्बाद गर्दा उनलाई हतकडी लगाएर लैजादा नायिका दाहालको धैर्यताको बाँध भत्किएको हो।

र, उनी आँखाबाट आँशु झार्दै पछिपछि हिंडदै थिइन् । नायक गुप्तालाई आफ्नै साथीलाई जिमेन्दारका गुण्डालाई हत्या गरेको थियो । तर, नायकलाई उल्टो फसाउँने गरेकोले प्रहरीले हतकडी लगाएर लैजाने क्रममा नायिका दाहाल रुदैं गर्दा स्थानीयले उनलाई धैर्यता रहन आवाज दिइएका हुन् । यो दृश्य वास्तविक भन्दा मधेशी भाषाको चलचित्र मिशन मधेशको सुटिंगको हो । मिशन मधेश फिल्म ऐतिहासिक र मधेश आन्दोलनसँग जोडिएको एक द्धन्द्धात्मक चलचित्र हो ।


Related posts

Leave a Comment