कृष्णनगरस्थित नेपाल–भारत सीमा बन्द


शम्भू माली, कपिलवस्त ।
कपिलवस्तुको कृष्णनगरस्थित नेपाल–भारत नाका बुधबार मध्यान्हबाट बन्द गरिएको छ । मुस्लिम धर्मगुरु पैगम्बर मोहम्मद मुस्तफाको १४९३ औ जन्मोत्सव (मोहम्मद डे)का दिन बुधबार निकालिने -यालीको सुरक्षा स्थितिलाई ध्यानमा राखी नाका बन्द गरिएको जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जनाएको छ ।

आज मध्यान्ह १२ बजेदेखि लागु हुने गरि सीमाक्षेत्र सिल गरिएको प्रजिअ अर्जुन प्रसाद पोख्रेलले बताए । अत्यन्तै इमरजेन्सी र मानवीय संवेदनशीलता हेरेर परिचयपत्र खुलाएपछि आवतजावत गर्न दिइने उनले बताए । दिउँसो निकालिने -याली सम्पन्न नहुञ्जेलसम्म सिमा नाका बन्द गरिने उनले जानकारी दिए । मोहम्मद डेको पुर्वसन्ध्यामा कृष्णनगरस्थित सिर्सिहवा गाउँमा पटकाजन्य पदार्थ बिस्फोट गराएपछि दुईजनालाई स्थानीय प्रहरीले पक्राउ गरेको छ ।

स्थानीय बब्लु मनिहार र रिजवान पठानलाई उच्छृङ्खल गतिबिधि गरेको भन्दै प्रहरीले पक्राउ गरेको हो । गएराति उक्त स्थानमा -याली निकालिएको थियो । कृष्णनगर क्षेत्रमा दशैंको बेला दुर्गा झाँकी बिर्सजनको क्रममा विवाद हुँदा स्थानीय प्रशासनले दुई दिन कर्फ्यु आदेश जारी गरेको थियो ।


Related posts

Leave a Comment