कुमारी बैंक आइएमई पे वालेटमा आवद्ध


आइएमई पेका ग्राहकहरुले कुमारी बैंकको खातामा लिङ्क गरि आइएमई पे वालेटमा सिधैं रकमान्तर गर्न पाउने भएका छन् ।
बैंकका सेवाग्राहीहरूले पनि बैंक खाताबाट वालेट र वालेटबाट बैंक खातामा रकम जम्मा गर्ने सेवा समेत पाउने छन् । साथसाथै बैंकका सेवाग्राहीहरुले ‘आइएमई पे’ मा उपलब्ध सेवा समेत पाउने भएका छन् । ‘आइएमई डिजिटल’ र कुमारी बैंक लिमिटेडबीच ‘आइएमई पे’ मोबाइल मनीमार्फत विविध मोबाइल वित्तीय सेवा उपलब्ध गराउने कार्य प्रारम्भ भएको हो। कुमारी बैंक लिमिटेड ‘आइएमई डिजिटल’ को बैंकिङ्ग साझेदार संस्था हो ।


Related posts

Leave a Comment