ब्राइटनमाथि लिभरपुलको कठिन जित


इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानमा रहेको लिभरपुलले ब्राइटनमाथि कठिन जित निकालेको छ । शनिबार राति भएको खेलमा लिभरपुलले बि्रगटोनलाई १-० गोलले पराजित गरेको हो ।

लिभरपुलको जितमा मोहमद सलाहले गोल गरे । सुरुवाती समयदेखि नै दबावमा राखेको लिभरपुलले फराकिलो गोलअन्तरले भने जित हात पार्न सकेन ।  ब्राइटनले शीर्ष स्थानको लिभरपुललाई पहिलो हाफमा गोलरहित बराबरीमा रोक्न सफल भएपनि दोस्रो हाफमा रोक्न सकेन । ४९औं मिनेटमा ब्राइटनका पास्कल ग्रसले मोहम्मद सलाहलाई पेनाल्टी बक्समा फल गरेपछि लिभरपुलले पेनाल्टीको मौका पाएको थियो । जसमा सलाह चुकेनन् । सलाहको सिजनमा यो १७औ गोल हो ।

शीर्ष स्थानमा रहेको लिभरपुलले जितपछि २२ खेलबाट ५७ अंक बनाएको छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीभन्दा सात अंकले लिभरपुल अघि रहेको छ । एक खेल कम खेलेको सिटीको ५० अंक रहेको छ ।


Related posts

Leave a Comment