लिभरपुलको अपराजित यात्रा टुंगियो, सिटी २–१ ले विजयी


इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलको अपराजित यात्रा टुंगिएको छ ।गएराति भएको खेलमा लिभरपुललाई म्यानचेस्टर सिटीले २–१ ले हराएको हो । खेलमा सिटीका लागि सर्जियो अगुएरो र लेरोए सानेले एक–एक गोल गरे ।लिभरपुलका रोबर्टो फर्मिनोले एक गोल फर्काए ।जितसँगै म्यान्चेस्टर सिटीले लिभरपुलसँगको अन्तर चार अंकमा झारेको छ । लिभरपुलको २१ खेलबाट ५४ अंक छ भने सिटी ५० अंकका साथ दोस्रो स्थानमा छ ।तेस्रो स्थानको टोटनह्याम हट्सपरको ४८ अंक छ । ४४ अंकका साथ चेल्सी चौथो, ४१ अंकका साथ आर्सनल पाँचौ तथा ३८ अंकका साथ म्यान्चेस्टर युनाईटेड छैटौं स्थानमा छन् ।


Related posts

Leave a Comment