माछापुच्छ्रे बैंकको कोटेश्वरमा नयाँ शाखा संचालनमा


माछापुच्छ्रे बैंक लिमिटेडले काठमाडौंको कोटेश्वरमा नयाँ शाखा संचालनमा ल्याएको छ । बैंकले बुधबार एक कार्यक्रमका बीच कोटेश्वर शाखा कार्यालयको औपचारिक उद्घाटन गरेको हो ।नयाँ शाखाको बैंकका सञ्चालक राम मान श्रेष्ठले कोटेश्वर शाखाको उद्घाटन गरेको बैंक द्वारा जारी विज्ञप्तिमा उल्लेख छ। नयाँ शाखा मार्फत बैंकले आफ्ना ग्राहकहरुलाई कर्जा, निक्षेप लगायतका सम्पुर्ण बैकिङ्ग सुबिधा उपलब्ध गराउने बैंकले बताएको छ ।बैंकका अनुसार उक्त शाखामा २४ सै घण्टा चल्ने एटीएमको पनि व्यवस्था गरीएको छ । यो शाखा संगै उपत्यकाभित्र बैंकको शाखा १८ पुगेको बताएको छ ।


Related posts

Leave a Comment