महिला टी–२० विश्वकपको उपाधिका लागि इंग्ल्याण्ड र अष्ट्रेलिया भिड्ने


आइसीसी महिला टी–२० विश्वकपको उपाधिका लागि इंग्ल्याण्ड र अष्ट्रेलिया भिड्ने भएका छन । आज भएको सेमिफाइनलमा इंल्याण्डले भारतलाई हरायो भने अष्ट्रेलियाले वेष्ट इन्डिजलाई पाखा लगायो ।

टस जितेर पहिले ब्याटिङ गरेको भारत १९ ओभर तीन बलमा एक सय १२ रनमा अलआउट भयो । उसका तीन खेलाडीले मात्र दोहोरो अंक छुन सके । राम्रो सुरुवात गरेको भारतले पहिलो विकेटका लागि ४३ रनको साझेदारी गरेको थियो । तर त्यसपछि उसले एक सय रन पार गर्दा अरु सात विकेट गुमायो । भारतका लागि तानीया भाटियाले ११ रन बनाइन भने स्मृती मन्दानाले ३४ रनको योगदा गरिन ।

यस्तै जेमिमा रोद्रिगुइजले २६ रन बनाउदा हरप्रित कौरले १६ रन जोडिन । तर त्यसकापछिका खेलाडी एकपछि अर्को रुपमा पेभेलियन फर्किए । जसका कारण उपाधिको बलियो दावेदार भारत सस्तैमा खुम्चिन पुग्यो । बलिङ तर्फ इंग्ल्याण्डका लागि हिथर नाइटले तीन तथा क्रिस्टि गोरडोन र सोफिले दुई दुई विकेट लिए ।

जवाफमा खराव सुरुवात गरेपनि इंग्ल्याण्डले १७ ओभर एक बलमा दुई विकेट गुमाउदै लक्ष्य पुरा गर्यो । चार रनमा पहिलो विकेट गुमाएको इंग्ल्याण्डले २४ रनमा दोस्रो विकेट खेर फाल्यो । तर त्यसपछि एमी जोन्स र नाटालीया सिभेर दुबैले अर्धसतक बनाउदा इंग्ल्याण्डले सहज जित हात पर्यो । एमीले ५३ तथा नाटालीयाले ५२ रन बनाइन ।

यसअघि भएको पहिलो सेमिफाइलनमा वेष्ट इन्डिजलाई ७१ रनले हराउँदै अष्ट्रेलिया फाइनलमा प्रवेश गर्यो । टस हारेर ब्याटिङको निम्तो पाएको अष्ट्रेलियाले २० ओभरमा ५ विकेट गुमाउदै एक सय ४२ रन बनायो । उसका लागि एलीसा हेलीले ४६ तथा कप्तान मेग लानीङले ३१ र रिचेल हानेसले २५ रन बनाइन ।

जवाफमा एक सय ४३ रनको लक्ष्य पक्ष्याएको घरेलु टिम वेष्ट इन्डिज १७ ओभर तीन बलमा मात्र ७१ रनमा अलआउट भयो । उसका लागि कप्तान स्टेफानी टेलरले १६ रन बनाउदा बाँकि खेलाडी एकोहोरो रुपमा आउट भए । वेष्ट इन्डिजलाई कम स्कोरमा रोक्न एलिसे पेरी, डिलीसा किमिन्स र गार्डनेरले दुई दुई विकेट लिए ।


Related posts

Leave a Comment